१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

घरको छतबाट लडेर मृत्यु

घरको छतबाट लडेर पूर्वी चितवनमा एकजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैँडाकोटका ३५ वर्षीय शङ्कर श्रेष्ठ रहेका छन्।

कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका– ९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज बिहान श्रेष्ठ मृतावस्थामा फेला परेका हुन्। उनको टाउकामा चोट देखिएको उनले जानकारी दिए। टाउकामा चोट भएका कारण छतबाट खसेको अनुमान गरिएको प्रनाउरेग्मीले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

प्रकाशित: २२ आश्विन २०७९ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App