८ वैशाख २०८१ शनिबार
समाज

सारिबुङ साउथ वेसक्याम्पमा १८ नेपाली सहित दुई विदेशी अलपत्र

काठमाडौं- मस्ताङको सारिवुङ पास गरेर नार्फु तर्फ आउँदै गरेका दुई जर्मन नागरिक र १८ जना नेपाली हुरीबतासका कारण अलपत्र परेका छन्।उनीहरु सारिबुङको साउथ बेसक्याम्पमा अलपत्र परेका हुन्। सारिबुङ पास गरेर साउथ क्याम्पमा बसेको बेला चर्को हुरी आएको थियो।हुरीले उनीहरुको टेन्ट र बन्दोबस्तीको सामान उडाएको थियो। ट्रेकिङ टोली सारिबुङको ५९२० मिटर उचाइको दक्षिण मोहडामा रहेको समयमा हुरी आएको थियो।

घटना शुक्रबार विहान घटेको भए पनि आफूहरुले दिउँसो १२ बजे मात्र थाहा पाएको ट्रेकिङको प्रबन्ध गरेका फ्रेन्डस एडभेन्चरका प्रवन्ध निर्देशक राजेन्द्र बहादुर लामाले नागरिकन्युजलाई बताए। घटनाको खबर आउना साथ दुई वटा हेलिकप्टर त्यस तर्फ पठाएको भए पनि मौसम खरावीका कारण अवतरण हुन नसकेको लामाले बताए।

टोलीमा जर्मन नागरिक ४४ वर्षीय टोविस ग्रोनेन र ४८ वर्षीय गुडरून इन्ग्रिडको सहित १३ जना भरिया, १ जना गाइड, १/१ क्लाइम्विङ शेर्पा र वेसक्याम्प शेर्पा र १ जना कुक रहेका छन्।

प्रकाशित: ३१ वैशाख २०७३ ११:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App