९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

जेष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा र सम्मान

३२ औं जेष्ठ नागरिक दिवसको अवसरको अवसरमा विराटनगर महानगरपालिकाले विराटेश्वर वृद्धाश्रमका जेष्ठ नागरिकलाई पोषण खानेकुरा प्रदान गरेको छ।  

महानगरको अपाङ्गता तथा जेष्ठ  नागरिक शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेलले आश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याललाई पोषण खानेकुरा प्रदान गरे। आश्रममा रहेका ५२ जनाला वृद्धवृद्धाका लागि महानगरले हर्लिक्स, मह लगायतका पोषण खानेकुरा वितरण गरेको हो।  

सो अवसर मेयर कोइरालाले वृद्धाश्रम सञ्चालनका लागि महानगरले सहयोग गरिरहेको बताए। हरेक व्यक्ति जीवनमा एकपटक जेष्ठ  नागरिक हुने बताउँदै उनले ज्येष्ठ नागरिकको सम्मानमा महानगरपछि नपर्ने उल्लेख गरे। कोइरालाले आश्रमका लागि आवश्यक पर्ने अन्य सहयोग समेत भविष्यमा उपलब्ध गराउने प्रतिबद्धता जनाए। सो अवसरमा मेयर कोइरालाले आश्रम परिसरमा निमको विरुवासमेत रोपेका थिए।  

त्यसैगरी, विराटनगर–३ स्थित हाम्रो जेष्ठ नागरिक हातेमालो सेवा समाजले जेष्ठ  नागरिकहरुलाई सम्मान गरेको छ। कार्यक्रममा समाजले विराटनगर–३ का ९० वर्षीय शिवप्रसाद उपाध्याय काफ्ले, बुढीगंगा–१ का छविलाल रेग्मी, विराटनगर–१ की ८८ वर्षीया हिमादेवी घिमिरे र वडा नम्बर ३ की ९० वर्षीया जगमाया कालाखेतीलाई सम्मान गरेको हो। कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष जिवेन्द्रराज घिमिरे, वरिष्ठ उपाध्यक्ष प्रकाश अधिकारीलगायतले दोसल्ला ओढाएर सम्मान गरे। कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले जेष्ठ नागरिकका लागि महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले महानगरले जेष्ठ नागरिकको सहयोगका लागि सहायता कक्ष सञ्चालनमा ल्याइसकेको जानकारी दिए।  

प्रकाशित: १६ आश्विन २०७९ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App