coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौं महानगरपालिकाले दशैँ अवधिभर निःशुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौं महानगरपालिकाले दशैंमा निस्शुल्क एम्बुलेन्स सेवा दिने भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका अनुसार डेंगु महामारीकै रुपमा फैलिरहेका हुदाँ दशैं अवधिभर महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो।

डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ। जसका लागि २४ घन्टे हटलाईन नम्बर ११८० मा फोन गरेर सेवा लिन सकिनेछ। एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन्।

साथै दशैं अवधिमा महानगरमा ५५८ स्वयमसेवक खटाइनेछ। उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन्। साथै नजिकैको स्वास्थ स्वयं सेवकमार्फत पनि सिटामोल र जिवनजल प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको छ।

प्रकाशित: १६ आश्विन २०७९ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App