८ वैशाख २०८१ शनिबार
समाज

दसैँका लागि विपन्न परिवारलाई खाद्यान्न

जाजरकोटको नलगाड नगरपालिकाकाले अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। अर्थावस्था अत्यन्तै कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई नजिकिँदै गरेको चाड दशैंलाई मध्यनजर गर्दै खाद्यान्न वितरण गरिएको हो।

नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई किलो दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए। अर्थाभावका कारण घरमा चुल्हो बल्न धौधौ परेका ती विपन्न परिवारलाई थोरै भए पनि चाडवाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत गिरीले बताए।

दल्लीस्थित बादी समुदाय माछा मारेर दैनिक घर खर्च चलाउँदै आएको छ। अधिकांशको आफ्नै जग्गा नभएका कारण अस्थायीरूपमा बस्दै आएका छन्। पालिकाले विभिन्न सीपमूलक तालिम दिएर पनि रोजगारी सिर्जना गर्न बादी समुदायलाई सहायता गर्दै आएको छ।  

दैनिक ज्याला मजदुरी गरेर छाक टार्टे बादी समुदायलाई पालिकाले समय–समयमा आर्थिक सहयोग गर्दै आएको छ।  

प्रकाशित: १५ आश्विन २०७९ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App