अवैध रुपमा खाडलमा राखिएको अवस्थामा सालको गोलिया काठ प्रहरीले बरामद गरेको छ।
गुलरिया नगरपालिका–१ स्थित नेपाल-भारत सीमा नजिक रहेको नर्सरी वनबाट प्रहरीले काठ बरामद गरेको हो। नर्सरी वनमा लुकाईछिपाई खाडलमा राखिएको अवस्थामा ८ थान सालको गोलिया ७२ क्युफिट अवैध काठ प्रहरीले बरामद गरेको छ। बरामद सालको गोलिया काठ प्रहरीले आवश्यक कारवाहीको लागि डिभिजन वनकार्यालय बर्दियामाबुझाएको जिल्लाप्रहरी कार्यालयका डिएसपी हिक्मदबहादुर बोहराले जानकारी दिए।
प्रकाशित: ८ आश्विन २०७९ ११:३९ शनिबार