८ वैशाख २०८१ शनिबार
समाज

देशभर आंशिकदेखि सामान्य बदली रहने

फाइल तस्बिर

ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखी मध्यम वर्षा भईरहेको छ। बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली  भइ एक/दुई स्थानहरुमाहल्का वर्षा भईरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र  सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै  राती  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

प्रकाशित: ५ आश्विन २०७९ ००:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App