coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ठूलाे मात्रामा लागु औषधसहित एक पक्राउ

ठूलाे मात्रामा प्रतिबन्धीत लागु औषधीसहित प्रहरीले एक जनालाई नियन्त्रणा लिएको छ।  

बिहीबार दिउँसो २ बजे पर्साको वीरगन्ज महानगरपालिका वडा नं ३ आदर्शनगर पानीट्याङकी स्थित सडक खण्डबाट ३१ वर्षीय ओजिर अंसारीलाई पक्राउ  गरिएको प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताएका छन्।  

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले ओजिर अंसारीलाई तीन हजार ३ सय थान अगलअलग थरीका लागु औषध इन्जेक्सनसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

पैदल हिंडिरहेका वीरगन्ज –३ छप्कैया बस्ने अन्सारीलाई चेकजाँच गर्दा निजले बोकेको कालो झोलाभित्र लुकाइ-छिपाइ ल्याएको लागु औषधका पोकाहरु फेला परेको हो। नुफिन एक हजार एक सय एम्पुल, डाइजोपम एक हजार एक सय एम्पुल र फेनारगन एक हजार एक सय एम्पुल गरी जम्मा तीन हजार ३ सय एम्पुल इन्जेक्सन अन्सारीसग फेला परेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। यि इन्जेक्सन औषधीहरु विभिन्न अवस्थामा उपचारका लागि प्रयोग हुने भए पनि यसले मानिसलाई नशा दिने गरेकोले नेपालमा यसको दुरुपयोग रोक्न प्रतिबन्धित छ।

लागु औषध तस्कर गिरोहले यस्ता इन्जेक्सनहरु लागु पर्दाथ प्रयोगमा फँसेका युवाहरुलाई लक्षित गरी काठमाडौँ, पोखरा, नारयणगढ र नेपालका अन्य सहरहरुमा पुर्‍याउने गरेका छन्। भारतीय बजार रक्सोलसंग सिमा जोडिने वीरगन्जको छप्कैया र अन्य इलाकामा लागु औषध ओसार पसारमा संलग्न अनेक समूहहरु सक्रिय रहेका छन्।

प्रकाशित: ३० भाद्र २०७९ १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App