६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

धनुषामा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला

घटनास्थल

धनुषाको सहिदनगर नगरपालिका-३ यदुकूहामा बाँसको झाडीमा अन्दाजी २६ वर्षीया एक महिलाको लास फेला परेकाे छ। मंगलबार बिहान स्थानीयले नहर डिलमा रहेको बाँसको झाडीमा लास देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मृतक महिला सहिदनगर नगरपालिका-३ यदुकूहा बजार टोलका हुन्। शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरी फालेको जस्तै देखिन्छ। महिलाको शव अर्धनग्न अवस्थामा भुइँमा रहेकाे घटना स्थलमा पुगेका एक प्रहरीले बताए।  

प्रहरीका अनुसार लास फेला परेको ठाउँमा अहिले प्रहरीले घेरा हालेको छ। धनुषा प्रहरीका प्रहरी उपरीक्षक बसन्त रजौरे सहितको प्रहरी टोली तालिम प्राप्त कुकुर लिएर घटना स्थलमा पुगेका छन्। कुकुरले लास सुँघेपछि गाउँतिर गएको छ। प्रहरीले कुकुरको मद्दतले घटनामा संलग्नको खोजी गर्दैछन्। 'यदुकूहाको बजार टोलमा इन्द्र पूजाको अवसरमा मेला लागेको थियो। मृतक महिला साझा ६/७ बजे मेला हेर्न घरबाट निस्केका थिइन्।

मृतककी सासूले भनिन्' अबेरसम्म घर नफर्केपछि बुहारी  खोज्न मेलामा गयौं तर त्यहाँ नभेटेपछि , मेलामा नाच थियौ नाच सकिएपछि आफैं घर आउछ भने  तर बिहान-बिहानै बुहारीको लास भेटिएको खबर पाए।' 

यदुकूहामा इन्द्र पुजाको अवसरमा मेला लागेको थियो। मृतकको घरदेखि केही दूरीमा रहेको स्कुलमा हिजो राती नाच प्रोग्राम थियो। मेलाकै मौकाछोपी बलात्कार गरी हत्या गरेको फालेको हुन् सक्ने स्थानीयले बताए।

मृतक महिलाको ३ वर्षीया एक छोरी र छिन भने उनको श्रीमान् चार वर्षदेखि वैदेशिक रोजगारमा छन्।

प्रकाशित: २८ भाद्र २०७९ ०६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App