९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

उपत्यकाभित्र आज पनि यी स्थानमा हुँदैछ ट्राफिक चाप

काठमाडौं उपत्यकाभित्र आज पनि ट्राफिक चाप हुने भएको छ। चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका कारण सोमबारदेखि ट्राफिक चाप बढेको हाे।  

ट्राफिक प्रहरीका अनुसार आज पनि बिहान पौने ९  बजेको आसपासमा  रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतीघर,नयाँ बानेश्वर देखि तिनकुन आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।  

त्यस्तै साढे ११ बजेको आसपासमा तिनकुने,  नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल,  टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन  प्रभावित हुने भएको छ । दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली ,  माईतीघर, बबरमहल, सिंहदरबार,  भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।  

दिउँसो साढे ४  बजेको आसपासमा पद्मोदयमोड,  भद्रकाली,  सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ।  

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीले आग्रह गरेको छ। 

प्रकाशित: २८ भाद्र २०७९ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App