३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्बिर

 हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य  बदली  रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  तथा गण्डकी प्रदेशको एक/दुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित: २७ भाद्र २०७९ ००:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App