२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

हिमानीद्वारा गोरखाका ३८ सय विद्यार्थीलाई शैक्षिक सामाग्री सहयाेग

हिमानी ट्रस्टले गोरखाका सामुदायिक विद्यालयमा अध्ययनरत तीन हजार सात सयभन्दा बढी विधार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण गरेको छ। 

उक्त ट्रस्टले जिल्लाभित्रका ४० विद्यालयमा अध्ययनरत तीन हजार सात सय ५० विधार्थीलाई उक्त सामग्री बितरण गरेको कार्यक्रम संयोजक मोहसिन अलिमियाँले जानकारी दिए।

ट्रस्टले विधार्थीहरुलाई ब्यागभित्र नेपाली तथा अग्रेजी अभ्यास पुस्तक, कलर बक्स, स्टेशनरी बक्स, सिसाकलम, हेल्थ ब्याग, लन्च बक्स, पानीको बोटल,  माक्स, साबुन, मन्जन, ब्रस, ब्यान्डेज र फ्रेण्डसिप कार्डसमेत राखेर गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, शहीद लखन गाउँपालिका, पालुङटार नगरपालिका र धार्चे गाउँपालिकाको विद्यालयका बालबालिकालाई उक्त सामग्री वितरण गरेको उनले बताए।

ट्रस्टकी अध्यक्ष हिमानी शाह र उनकी छोरी कृतिकाले चाइना फाउण्डेनमार्फत प्राप्त उक्त सामाग्री शनिबार स्कुलले विद्यार्थीहरुलाई वितरण गरेकाे हाे। रासस

प्रकाशित: २६ भाद्र २०७९ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App