लामालाई अख्तियारले अकुत सम्पति आर्जन गरेको भन्दै अन्सन्धान गरिरहेको थियो। सहि क्रमममा लामको लकर खोलीएको थियो। पक्राउ पछि लामालाई जिल्ला प्रशासनले ५ दिनको म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो। आज म्याद सकिए पछि प्रहरीले उनलाई म्याद थपको लागि जिल्ला प्रशासन लगेको थियो। प्रशासनले ३ दिनको म्याद थप गरेर अनुसन्धान गर्न आदेश दिएको काठमाडौं परिसरका एसपी प्रद्युम्न कार्कीले जानकारी दिए। लामा पक्राउ भए लगत्तै अनुसन्धान गर्नको लागि कार्कीको संयोजकत्वमा समिति बनेको थियो।
प्रारम्भिक बयानमा लामाले भारत बस्ने एक मित्रले दिएको सामान आफूले बैंकको लकरमा लगेर राखेको दाबी गरेका थिए। 'उनको दाबीपछि गोलीका विषयमा प्राविधिक अनुसन्धानका लागि पोलिग्राफ परीक्षण प्रस्ताव गर्दा उनले मानेका थिएनन्। लामाले आफू अस्वस्थ भएको भन्दै पोलिग्राफ परीक्षण अस्विकार गरेका थिए। पोलिग्राफ परीक्षणको लागि अभियुक्तको लिखित स्विकृति चाहिन्छ।
प्रकाशित: ५ चैत्र २०७२ ०४:०० शुक्रबार