१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सप्तकोशीमा हाम्फालेर आत्महत्या गर्न खोज्ने एकै परिवारका चारजनाको उद्धार

फाइल तस्बिर।

सप्तकोशी नदीबाट शुक्रबार साँझ तीन जना बालबालिकासहित चार जनालाई प्रहरीले उद्धार गरेको छ।  

इटहरी वडा नं. २ की ३४ वर्षे अम्बिका खड्कासहित १२ र नौ वर्षका दुईवटी छोरी तथा  सात वर्षेे छोराको प्रहरीले उद्धार गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तकोशी नदीमा हाम फाली सामूहिक आत्महत्या गर्न खोजिरहेको भन्ने खबर स्थानीयबासीबाट जानकारी आएपश्चात तत्काल प्रहरी चौकी कोशी ब्यारेजको टोलीले उनीहरुलाई उद्धार गरेको हो। चारै जनालाई सकुशल उद्धार गरिएको डिएसपी राजकुमार राईले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।  

घटनाक्रम अनुसार अम्बिकाका श्रीमान शरणकुमार पाँच वर्षसम्म वैदेशिक रोजगारमा गएर एक महिना अघि फर्किएका थिए। शरणकुमारले आर्थिक लेनदेनको विषयमा बारम्बार  अम्बिकालाई मानसिक रुपमा तनाब दिने तथा कुटपिट गर्ने गरेपछि चारै जना सप्तकोशी नदी पुगेका थिए। उद्धार गरिएका चारै जनालाई प्रहरीले शरणकुमारलाई सम्झाएर जिम्मा लगाएको जनाएको छ।

प्रकाशित: १८ भाद्र २०७९ १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App