coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निजी विद्यालयविरुद्ध अभिभावक सडकमा

बुधबार वीरगन्जमा भएको अभिभावकहरुको बिोध प्रदर्शन। तस्विरः रितेश/नागरिक

निजी विद्यालयले ज्यादती गरेको भन्दै विरोध स्वरुप अभिभावक हरुको एउटा समुह बुधबार सडकमा ओर्लेर विरोध प्रदर्शन गरेको छ। 

बिभिन्न शिर्षक र बाहानामा चर्को शुल्क लिएको, पुस्तक व्यवसायीसँग मिलोमतो गरी वर्षैपिच्छे पाठ्यक्रम फेरेको, शुल्क उठाउन विद्यार्थीको परीक्षा रोकी मानसिक यातना पुर्‍याएको लगायत विषयमा वीरगन्जमा नयाँ शैक्षिक सत्र सुरु भएयता पटकपटक विरोध भएको हो। यस पटक वीरगन्जको पावरहाउस चोकस्थित जि.एच.पि. स्कुलले आफुहरुँंग दुर्व्यवहार गरेको भन्दै अभिभावकहरु संगठित रुपमा सडकमा आएका छन्।  

शुल्क नबुझाएको कारण विद्यार्थीहरुलाई परीक्षणबाट बञ्चित गरेकोमा अभिभावकहरुले गुनासो गरेपछि २ दिन अगाडि विद्यालयमा रहेका केही ब्यक्तिहरु दुर्व्यवहार उत्रिएका थिए। उनीहरुको गतिविधिको भिडियो बनाउन खोज्दा भौतिक रुपमैं आक्रमण गर्न खोजेको दृश्य समाजिक संजालमा छरिएको छ। बक्यौता शुल्क बुझाएपछि मात्र परीक्षाको प्रवेशपत्र दिने विद्यालयले भनेपछि पीडित विद्यार्थीका अभिभावकले आफूहरुले प्रबन्ध गरेर पैसा बुझाउन तयार रहेको बताएका थिए। प्रदर्शनमा रहेकाहरुका अनुसार विद्यार्थीको परीक्षा नरोक्न भनी गरेको आग्रह विद्यालयले सुनेन।  

उनीहरुले अभिभावकहरु संघर्ष समितिलाई जानकारी गराएका थिए। समितिका संयोजक सन्दिप साहसहितको टोली विद्यालयमा गुनासो गर्न पुगेको बेला घट्ना भएको थियो। समितिका पदाधिकारीहरु विद्यालयमा पुग्दा बिवाद भएको थियो। बुधबार साझ सोही घट्नालाई लिएर वीरगन्जमा विरोध प्रदर्शन भएको हो। निजी विद्यालयले मनोमानी गर्न पाउदैन, विद्यार्थीलाई मानसिक यातना दिन बन्द गर, शिक्षाको ब्यपारिकरण गर्न पाइदैनजस्ता नारा अंकित प्लेकार्डसहित उनीहरुले वीरगन्जको मेनरोडमा विरोध प्रदर्शन गरे। 

प्रकाशित: ८ भाद्र २०७९ १६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App