२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गाडी तोडफोड गर्ने बन्दकर्तालाई स्थानीयले लगाए प्रहरीको जिम्मा

काभ्रेको बनेपामा बन्द गराउँदै हिँडने एक जना बन्दकर्तालाई  प्रहरीले पक्राउ गरेको छ।  

मंगलबार बिहान बनेपाको चारदोबाटोमा एक बस माथि ढुंगा प्रहार गरेपछि चालक र सह-चालकले ती व्यक्तिलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी धुन्दीराज न्यौपानेका अनुसार प्रहरीले बन्दकर्ताहरूलाई नियन्त्रणमा लिने क्रममा बा ३ ख २०६ नं को बसमा ढुंगा हानेर भाग्दै गर्दा बन्दकर्तालाई स्थानीयले समाती कुटपिट गरेका थिए। कुटपिट पछि युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा नरहरीनाथ नगरपालिका, कालिकोटका २४ वर्षिय पल राउत रहेका छन्। बन्द गराउदै हिड्ने अन्य ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको न्यौपानेले बताए।  

मंगलबार नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन्। ठाउँठाउँमा बन्दकर्ताहरुले सार्वजनिक सवारी साधन तोडफोड गरेका छन् भने प्रहरीले दुई दर्जनबढी बन्दकर्ता पक्राउ गरिसकेको छ। 

प्रकाशित: ७ भाद्र २०७९ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App