२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

जग्गाजमिन विहिन बादी समुदाय

छाप्रोका घरमा बादी समुदाय

पिडा सुनाउँदै बादी समुदाय।

वषौँदेखि जग्गाजमिन र खास थातथलो नभएका कालिकोटका बादी समुदायलाई बर्षातको पानीले हैरान बनाएको छ।  

खाँडाचक्र नगरपालिका-१ को सडक छेउमा छाप्रोका घरमा बस्दै आएकी गंगा बादी अहिले पनि जग्गाजमिन विना नै बस्न बाध्य छिन्। बादी समुदाय कालिकोट बस्न थालेको २१ वर्ष बितिसकेको छ। अहिले सम्म सरकारले जग्गाजमिनको व्यवस्थापन नगर्दा यो समुदायले धेरै समस्या खेप्नु परेको छ।

नेपालमा व्यवस्था फेरियो स्थानीय सरकार आयो अब त राम्रो जग्गाजमिन र घरमा बस्न पाईन्छ भने आशामा रहेका यस समुदायका नागरिक अहिले पनि जग्गाजमिनको अभावमा जस्तापाताको छाप्रोमा बस्न बाध्या छन्।

वर्षाैँदेखि यी नै पीडाबाट गुर्जिरहेका कृष्ण बादी निर्वाचनमा आफ्नो बस्ती एजेण्डा बने पनि अहिले समस्या समाधान भने हुन नसकेको बताउँन्छन्। ‘जग्गाजमिन विना यहाँ बस्न थालेको २१ वर्ष बित्यो। उनले भने ‘अहिलेसम्म सरकारले हामिहरुको समस्या बुझेकै छैन्।’  

जग्गाजमिन विना कालिकोटमा बस्दै आएका  १४ घरपरिवार रहेको बादी समुदायलाई २१ वर्ष बितिसक्दा पनि सरकारले अझै व्यवस्थापन गर्न सकेको छैन ।  

दुई घर परिवारलाई ६ वर्ष अघि जन्ताआवासले घर बनाई दिएको थियो। ति पनि वर्षातले भत्किन लागेका छन्। अरु सबै भाडाका घरमा बस्दै आएका छन्। अहिले उनीहरू बिहानदेखि साँझसम्म अरूकै घरमा ज्याला मज्दुरी गरेर साँझ बिहानको छाक टारिरहेका छन्। अहिले उनीहरूसँग न जमिन छ,न त आफू बस्ने घर नै छ।

‘बर्षातको समयमा झन् धेरै समस्या थपिएको छ। भाडाका घर पनि भत्काइएका छन्। अब कहाँ बस्ने हो। ज्यान जोगाउन राति आफन्तको घरमा सुत्न जाने गरेको छु।’ गिता बादीले बताइन्।

कर्णालीका बादी समुदायले व्यवस्थित बसोबासको माग गर्दै आएको धेरै भयो। सरकारले व्यवस्था नगर्दा समस्या जिउका तिउ छन्। राष्ट्रिय भूमि आयोग कालिकोटमा  निवेदन दिँदा पनि अहिलेसम्म सुनवाई नभएको उनीहरुको गुनासो छ।

राष्ट्रिय भूमि आयोग कालिकोटले भूमिहीन र अव्यवस्थित बसोबासीलाई भूमि प्राप्तिका लागि अहिले सम्म कुनै काम नगरेको पाइएको छ। राष्ट्रिय भूमि आयोग कालिकोटका अध्यक्ष चित्रसिंह गाउँले कुनैपनि नयाँ कामको थालनी नगरेको बताए।  

राष्ट्रिय भूमि आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीलाई भूमि प्राप्तिका लागि आयोगको केन्द्रीय कार्यालयबाट टोली कालिकोट आएपछि  मात्र ३५ दिने सूचना निकालेर नयाँ काम थालनी गर्ने जनाएको छ। यता खाँडाचक्र नगरपालिकाले पनि उनहिरुको व्यवस्थाको लागि चासो दिएको छैन।

प्रकाशित: ७ भाद्र २०७९ ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App