३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आस्थाकै भरमा अडेको बडीमालिका

बडीमालिमा पुग्ने दलितमाथि विभेद कायमै

बडीमालिका क्षेत्र।

जति शब्दले व्याख्या गरेपनि अपूर्ण नै हुन्छ बडीमालिका। जति हेरपनि आँखा थाक्दैनन्, जति रमाउँदा पनि मन अघाउँदैन। जति समय खर्चिएर घुमेपनि २२ पाटन क्षेत्र घुमाइ अधुरै हुन्छ।

बडीमालिका धार्मीक आस्थाको धरोहर, प्राकृतिक सुन्दरताले भरिएको धर्तीको स्वर्ग। लाग्छ प्रकृतिले वरदान दिएको अनुपम उपहार हो, बडीमालिका क्षेत्र। ४ हजार २ सय मिटर उचाइमा पनि अवस्थीत विशाल फाँटहरु, आँखाले समेत नियाल्न नसकिने साउनको खेत जस्तै देखिने दृश्य भएका गराहरु हेर्दा कसैले हातले बनाए झै लाग्छन्।

जति शब्दले व्याख्या गरेपनि अपूर्ण नै हुन्छ बडीमालिका। जति हेरपनि आँखा थाक्दैनन्, जति रमाउँदा पनि मन अघाउँदैन। जति समय खर्चिएर घुमेपनि २२ पाटन क्षेत्र घुमाइ अधुरै हुन्छ। पुग्नेहरुले सुदूरको स्वर्गकै उपमा दिने गरेका छन्। प्रकृति जति प्यारो र आकर्षण मानव मनका लागि अरु केही होइन रहेछ, बडीमालिका क्षेत्र पुगेपछि बल्ल थाह हुन्छ।

करिब ३२ किलोमिटर बढी उकालो बाटोमा न आराम गर्न मिल्ने चौतारा छन्, न बास स्थानका लागि धर्मशाला नै। न त कुनै अतिथी बासका लागि संरचना नै निर्माण भएका छन्। शौचालय, खानेपानी, होटल बास त धेरै टाढाको कुरा।

त्यहाँ पुगेपछि सबैजसोले यही अनुभूत गर्छन्। र भन्छन्। तर विडम्बना बडीमालिका क्षेत्र पुग्न, बस्न र फर्किन अति कठिन र कष्टकर छ। आस्था बोकेर जानेहरु दुख कष्ट पोख्दैनन्। थकाइ लुकाउ खोज्छन्। तर प्रकृतिकै आनन्द लिन पुग्नेहरु असहज यात्रामै हैरान हुन्छन् र दुख कष्ट सहन नसकि अर्को पटक नफर्किने निधो गरी घर फिर्ता हुन्छन्। यी सबै हुनुको एउटै कारण हो, बडीमालिका क्षेत्रको यात्रामा न सुविधा छ, न सहजता नै। न त कुनै संरचना नै बनेको छ। ठाडो उकालो र भीरको बाटो। लामो श्वास फेर्न मिल्ने अवस्था नै हुन्न, त्रिवेणी पाटन क्षेत्र नपुगेसम्म।

बाजुरा सदरमुकाम मार्तडीबाट करिब २ दिनको पैदल पछि मात्रै त्रिवेणी पाटन क्षेत्र पुगिन्छ। करिब ३२ किलोमिटर बढी उकालो बाटोमा न आराम गर्न मिल्ने चौतारा छन्, न बास स्थानका लागि धर्मशाला नै। न त कुनै अतिथी बासका लागि संरचना नै निर्माण भएका छन्। शौचालय, खानेपानी, होटल बास त धेरै टाढाको कुरा। बडीमालिका क्षेत्र पुग्दासम्म र त्यहाँबाट नाटेश्वरी झर्दासम्म कुनै स्थानमा खानेपानीको प्रवन्ध गरिएको छैन।

खोला भेटिएमा पानी खान मिल्छ, नभए उकालोको सास्ती र कष्टकर यात्रामा पानीको प्यास समेत मेटाउन पाइदैन। भन्दा र सुन्दा त यो कुरा अचम्म लाग्न सक्छ, बडीमालिकामा पनि यस्तो, प्रश्न उठ्न सक्छ। न बिरामी पर्दा भरपर्दो उपचार विधीको व्यवस्था नै छ। तर वास्तविकता त्यहाँ पुगेपछि मात्र थाह हुन्छ, जो पुगेकाहरु भोग्न बाध्य छन्। खानेपानी, बास स्थान, खानेकुरा, शौचालय सबैको अभाव छ, पुग्नेहरु जति सबै सास्ती नभोगि फर्किने कोही हुँदैनन्।

प्रकृतिको आनन्दले त्रिवेणी पाटकमा केही समय वा घण्टा दुःख बिर्सन सहज भएपनि फेरि उकालो चढ्दा, पालमुनी रात काट्दा, हेरि नसक्नु चट्टानदार ओरालोको यात्रा गर्दा फेरि कष्टले थप दुखि तुल्याइ हाल्छ। फर्किने बेला तल झर्ने बाटो हात खुट्टा सँगै राखेर हिँड्नु पर्छ, घाँसमा अल्झिए अर्थात, हिलोमा चिप्लीए ज्यानको टुक्रा समेत रहने अवस्था छैनन्। कतिपयले देवीको दर्शमा मिलेको चण्डीपण्डीसहितको खाना बासका लागि बोकेको झोला समेत ओर्लिला चिप्लीएर त्यही हराएर आउनु पर्ने बाध्यता छ। यी सबै असहजता, असुविधा र अफ्ठ्यरो हेर्दा लाग्छ बडीमालिका आस्थाले मात्रै अडेको छ।

बडीमालिकामा प्राचीन कालदेखि नै हो जनैपूर्णिमा र गंगादशहराको दिन मेला लाग्छ। यही मितिबाट पूजा पाठ गरिएको भन्ने एकीन छैन। तर बाजुराका स्थानीय सुमेशर उपाध्यायको पालादेखि पूजापाठ हुँदै आएको आधिकारिक दस्तावेज छ। जो हालका पूजारी नेत्रराज पाध्याय खलकको १४ पुस्ता अघिका पुर्खा हुन्। श्री साखे संवत १३४३ र १३४८ मा बडीमालिका मन्दिरको मत्गल्य गोत्रका ब्राह्मण बडीमालिकाका मुल पूजारी हुने भन्ने प्रमाण छ। यो मिति हेर्दा पनि बडीमालिका क्षेत्रमा परापूर्वकालदेखि नै पूजापाठ हुँदै आएको भन्ने पुष्टि हुन्छ।

पुर्खाको अर्तिलाई विश्वास मान्ने हो भने लाल मोहर लगाइसकेपछि राजा रणबहादुर शाह स्वयमले बडीमालिकाको दर्शन गरेको भन्ने पनि भनाइ छ। सुन्नमा आए अनुसार अमर सिंह थापा र भीमसेन थापाले समेत दर्शन गरेको भन्ने पुर्खाहरुको सूचना भएपनि लिखित भने छैन।

उसोत वि.स.१८८३ मा राजा रणबहादुर शाहद्वारा लाल मोहर लगाएरै राष्ट्रिय धार्मीक आस्थाको क्षेत्रका रुपमा प्रमाणित गरेको प्रमाण पूजारी परिवारसँग छ। पुर्खाको अर्तिलाई विश्वास मान्ने हो भने लाल मोहर लगाइसकेपछि राजा रणबहादुर शाह स्वयमले बडीमालिकाको दर्शन गरेको भन्ने पनि भनाइ छ। यी र यस्तै प्रमाण र भनाइ हेर्दा बडीमालिका क्षेत्र आज मात्र होइन सदियौंदेखि महत्व र महिमाको क्षेत्र हो, भन्ने प्रष्ट हुन्छ। राजा महेन्द्र, वीरेन्द्रदेखि वर्तमान राष्ट्रपति विदादेवी भण्डारीले समेत अवलोकन र पूजापाठ गरेको क्षेत्र हो। तर यति लामो समय राज्यका कार्यकारीहरुकै उपस्थिति हुनु र उपलब्धी शून्य देखिन दुःखद विषय छ।

मत्गल्य गोत्रका ब्राह्मण बडीमालिकाका मुल पूजारीले नै पूजा लगाउने हक हुने प्रमाण उल्लेख छ। विशेष कुनै व्यक्ति वा परिवारलाई नै तोकेर पूजा अधिकार दिइएको छैन। बाजुरा त्रिवेणी ९ पैमा निवासीले पाउने गरी उल्लेख छ। सुन्नमा आए अनुसार अमर सिंह थापा र भीमसेन थापाले समेत दर्शन गरेको भन्ने पुर्खाहरुको सूचना भएपनि लिखित भने छैन। बडीमालिका क्षेत्रको प्रवर्द्धन र विकास गर्न सके यहाँका स्थानीयले धुप बचेर नै जीवन गुजारा गर्न सक्ने अवस्था छ। तर बडीमालिका क्षेत्रलाई आस्थाको केन्द्र मात्र नभइ आकर्षणको केन्द्र बनाएसम्म न त दर्शनार्थी बढ्नेछन्, न त कुनै थप आम्दानीको अवस्था सिर्जना हुने देखिन्छ।

सरसफाइमा स्काउट प्रतिनिधि नरेन्द्र थापा।

राष्ट्रिय संरक्षणमा व्यक्तिको बोलवाला

बडीमालिका क्षेत्र राष्ट्रिय सम्पत्ति हो। तर त्यहाँ सीमित व्यक्तिको बोलवाला र पहुँच छ। आएको श्रोत साधानदेखि मेला पर्वमा पूजारी बाहेकको अधिकार देखिदैन। रहेक वर्षको मेला संकलन हुने दान वापतको रकम र सम्पत्तिको पनि हिसाब नै छैन। गंगादशहरामा सेनाको उपल्लो स्थानको व्यक्तिबाटै सरकारका तर्फबाट पूजा पाठ हुन्छ, चण्डीपण्डी चढाइन्छ। तर त्यो पनि पूजारीकै हक लाग्छ र अरुले थाह नै पाउँदैनन्। तर पूजारी नेत्रराज पाध्याय भने धेरै रकम नै नउठ्ने गरेको बताउँछन्। यो वर्ष हालसम्मकै बढी भक्तजनहरु आएका हुन्। नगद रकम ४ लाख ८२ हजार संकलन भएको थियो।

त्यसमा ९ जना ब्राह्मण, भरिया, त्यो अवधीको खानाबास त्यसैमा सकिन्छ। बाहिर भने जस्तो र प्रचार गरिए जस्तो केही नहुने पाध्यायको भनाइ छ। डोटी गौंडाबाट गोर्खाला र जुम्लाबाट चन्द्रनाथको पल्टन आउने गरेको छ। सरकारका तर्फबाट त्यो चिनारीमा पनि पुजारी परिवारकै मातहतमा हुने गरेको छ। सुनचाँदी सहितका गहना पनि चढाइन्छ, सदियौंदेखि त्यसको कुनै हिसाब नै नराखिएको सर्वसाधारणको आरोप छ। पूजारी परिवार भने आफूहरु नै राज्यको अपेक्षामा परेको गुनासो गर्ने गरेका छन्।

संरक्षण सरकार र सरोकारवाला दुबै मौन

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बडीमालिकालाई संरक्षित क्षेत्र बनाउने प्रस्ताव नीति तथा कार्यक्रममा आयो, पछि त्यो पनि हरायो। आस्थाकै भरमा मात्र टिकेको बडीमालिका क्षेत्रको संरचना निर्माण र सहजताका लागि निर्णायक छलफल नै भएको छैन। सबैभन्दा पुरानो र शक्तिशाली शक्तिपीठ आफै ओझेलमा छ। असुविधा र असहजताले भरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेको प्रमुख गन्तव्यमा समावेश गरेपनि आर्थिक लगानी र संरक्षणमा ठोस पहल नै छैन।

प्रधानन्यायधिस चोलेन्द्र समशेर जबराले पैमाबाट जाने बाटोको तीन ठाउँमा अतिथी बास व्यक्तिगत लगानीमा बनाएका छन्। त्यो नै हजारौं भक्तजनहरुका लागि प्रर्याप्त छैन। संरचना र सहजताको अवस्था हेर्दा लाग्छ, बडीमालिका क्षेत्र सबैभन्दा दयालाग्दो छ।

मार्तडी र त्रिवेणी दुईतिरबाट सडक निर्माण सुरुवाद गरिएको छ। त्यो बाहेक अर्को कुनै प्रयास र पहल भएको छैन्, भन्नु हुन्छ, पुजारी नेत्रराज पाध्याय। पूजारी खलकका परिवारबाट पनि खासै चासो र चिन्ता देखिएको छैन। वार्षिक चाड पर्वको चण्डीपण्डी लिने र त्यहीमा चित्त बुझाउने बाहेक अर्को ठोक पहलमा पूजारीहरु लागेकै छैनन्। त्रिवेणी नगरपालिका ९ पैमामा पूजारी बस्ने घर नजिकै होम कुण्ड निर्माण गरिएको छ।

जाने बाटो समेत सरकारकै लगानीमा बनाएको थियो। तर बडीमालिका जाने आउने बाटो भगवान भरोसाको छ। प्रधानन्यायधिस चोलेन्द्र समशेर जबराले पैमाबाट जाने बाटोको तीन ठाउँमा अतिथी बास व्यक्तिगत लगानीमा बनाएका छन्। त्यो नै हजारौं भक्तजनहरुका लागि प्रर्याप्त छैन। संरचना र सहजताको अवस्था हेर्दा लाग्छ, बडीमालिका क्षेत्र सबैभन्दा दयालाग्दो छ। यो वर्ष त्रिवेणी नगरपालिकाले महायज्ञ लगायो, बुढीगंगा नगरपालिकाले नगर प्रमुख रामबहादुर बाँनीया, उपप्रमुख माया खड्काले त्रिशुल र घण्ट चढाए यो बाहेक सरोकार पनि नभएको गुनासो पूजारीहरुको छ।

२०५८ सालमा बडीमालिका क्षेत्र प्रवर्द्धन संस्था गठन गरिएको थियो। त्यो पनि संस्था ऐन अन्र्तगत सीमित सरोकार राख्ने व्यक्तिको मातहतमा भएकोले हाल सक्रिय देखिदैन। यी सबै अवस्था हेर्दा संरक्षणमा कुनै पक्ष चिन्तीत छैन। राज्यको लगानी शून्य जस्तै छ, सरोकारवालको सक्रिय झनै दयालाग्दो देखिन्छ। त्रिवेणी क्षेत्रमा सान्नी त्रिवेणी गाउँपालिकाले अस्थायी शौचालय र मन्दिरका स साना संरचना बनाउने गरेको छ। त्यो बाहेक अर्को सुरुवात छैन। बडीमालिका नगरपालिकाले मार्तडी क्षेत्रबाट सोतासम्म ट्याक खुला गरेको छ। त्रिवेणी नगरपालिकाले पनि पर्यटन बोर्डमार्फत कामअघि बढाएको छ। केही अवरोध नभए अर्को वर्षसम्म त्रिवेणी नजिक सडक बाटो पुग्ने अवस्थाले केही सहज हुने देखिन्छ।

पूजारीका अनुसार यो वर्ष करिब २५ हजार बढी भक्तजनहरुले बडीमालिकाको दर्शन गरेका छन्। उनीहरुको उठबस, खानपान र बसाइ सबै कुरा अस्तव्यस्त नै थियो। खुला दिसा, प्याकेटको खानेकुराको अव्यवस्थापन, हिजो र फोहर, मन्दिर परिसर नै अस्तव्यस्त र दुर्गन्धीत थियो। तर त्यसको सरसफाइका लागि कुनै पक्ष देखिएन। पुजारी खलकहरु पूजा सकिलगत्तै फर्किए। फोहोर मैलाको कुनै प्रवाह नै गरिएन।

दिसा पीसाबको त हिसाब किताब नै भएन। मन्दिर संरक्षणका लागि न कुनै स्वयमसेवी दस्ता नै थियो, न अरु संयन्त्र नै। सेवाभावले पुगेका स्काउट बाहेक अरु कोही सेवाका लागि थिइन। लाइनमा र मन्दिरको मुल ढोकामा पैमाका केही युवाहरु देखिन्थ्ये। त्यो पनि चण्डीपण्डी व्यवस्थापन र आफ्नो हक दाबीका लागि। मन्दिरमा चढ्ने सबै खाइपाइको सुविधा पूजारी खलकको हक रहने परम्परा छ। तर त्यो क्षेत्रको सरसफाइ र व्यवस्थानमा कुनै सरोकार देखिदैन।

ठाउँ अभावले मन्दिर परिसर क्षेत्रमा संरचना निर्माण गर्न सकिएको छैन। अन्य बासका लागि र बाटोका लागि भनिएकोमा राज्यले लगानी गर्न मान्दैन्, पुजारी नेत्रराज पाध्यायको गुनासो छ। पाध्यायको भेटघाट र उठबस सेनाका उपल्लो तहका व्यक्ति र राज्यका कार्यकारी पदका ठूला पदवालासँग हुन्छ। तर आस्थाकै धरोहर मानिएको क्षेत्रको संरक्षण र विकासमा कुनै ठोस कदम नै चालिएको छैन।

देशकै चर्चित शक्तिपीठ मध्येको बडीमालिका मन्दिरका पूजारीलाई मात्र राज्यको कुनै सुविधा र सेवा छैन्, माताको भक्तीभावका लागि सेवा मात्रै गर्ने गरेको उल्टो दुखेसो पूजारी नेत्रराज पाध्यायले सुनाए। भक्तजनको पूजापाठमा आएको चण्डीपण्डी बाहेक अन्य सुविधा भोग नगरेको पूजारी परिवारको दाबी छ। अन्तिममा कोही नभएपछि स्काउट प्रदेश संयोजक नरेन्द्र थापा एक्लैले फोहर व्यवस्थापन गर्नु पर्ने अवस्था आयो।

बडीमालिमा पुग्ने दलित माथि विभेद कायमै

यात्राका तीन दिन पुरै आकाश खुल्यो। तिर्थयात्रुहरुले मार्तडीदेखि बडीमालिका पुग्दा समेत छाता ओढ्न परेन। मौसम सफा रह्यो। लगातार ७ पटक गएकाहरुको पनि सबैभन्दा बढी आकाश खुलेको र मौसम सफा देखिएको यही पटक हो, भन्ने प्रतिक्रिया थियो। तर जब पूजाको अघिल्लो साँझ बडीमालिका बासको राती एकसाथ हावाहुरी, पानी आयो भक्तजनहरु नै चकित परे।

साँझ १० बजेदेखि बिहान ५ बजेसम्म लगातार हावाहुरी चल्यो, पानी आयो अनेक प्रकारका टिकाटिप्पोणी चल्न थाले। दलित समुदायका व्यक्तिहरु आएकै कारण यस्तो भएको भन्न समेत केही भक्तजनहरु तयार देखिए। एक आपसमा मुखामुख समेत गरे। उसोत त पूजारी नेत्रप्रसाद पाध्यायले पनि आफू सम्झिदा यताकै पहिला पटक यस्तो हावाहुरी र पानी एकसाथ परेको बताए।

प्रलय नै हुने गरी हावाहुरी चल्यो, पानी आयो, मलाई समेत के भयो भन्ने लाग्यो, राती बाँच्न मुस्कील हुने अवस्था नै आएकोले भक्तजनका मनमा अनेक आशंका उब्जिएका हुन सक्छन्, तर दलित समुदायकै प्रवेशले भन्ने कुरा होइन्, यस्मा विश्वास गर्नु हुँदैन्, 

बडीमालिका क्षेत्रमा पहिलो पटक २०७४ सालमा दलित समुदायले प्रवेश गरेका थिए। जुन बेला बडीमालिका महोत्सव लगाइएको थियो। तत्कालीन अवस्थामा सामाजिक अभियान्ताहरुको पहलमा जिल्ला विकास समितिकै अगुवाइमा गरिएको थियो। त्यसयता नियमित सबैको सहज प्रवेश छ। तर टिकाटिपोणी गर्ने र विभेदको नजरले हेर्ने चलन अझै नहटेको देखियो।

स्काउटको टोलीमा दलित विद्यार्थी थिए, मन्दिर परिसरमा उनीहरुकै हालीमुहाली थियो, त्यही कारण यस्तो भएको भन्ने हल्ला समेत चलाइएको थियो। तर तीनै स्काउट टिम नभए न त लाइन व्यस्थीत नै हुन्थ्यो, नत दर्शन गर्न सहज। प्रदेश संयोजक नरेन्द्र थापाको नेतृत्वमा स्काउट टिम खटिएको हो। मन्दिर परिसर बाहिर पूजापाठमा बसेका ब्राह्मणहरुले समेत तल्लो स्तरको शब्द प्रयोग गरेको देख्दा बडीमालिकाको व्यापकता र प्रचारलाई साघुँरो बनाइदियो।

पुरानो 'कु' मान्यता अनुसार कर्म गर्दा सराप परेका जातिहरुले माताको दर्शन गर्न हुन्न भन्ने मान्यता कायम थियो, अहिले त्यो छैन्, तर टिकाटिप्पोणी भएको हुन सक्ने पुजारी नेत्रराज पाध्यायको भनाइ छ। प्रलय नै हुने गरी हावाहुरी चल्यो, पानी आयो, मलाई समेत के भयो भन्ने लाग्यो, राती बाँच्न मुस्कील हुने अवस्था नै आएकोले भक्तजनका मनमा अनेक आशंका उब्जिएका हुन सक्छन्, तर दलित समुदायकै प्रवेशले भन्ने कुरा होइन्, यस्मा विश्वास गर्नु हुँदैन्, पूजारी पाध्यायले भने। मानव कल्याणको कर्ममा जाँदा समेत खुलेआम विभेदको सिकार हुने कुराले बडीमालिका क्षेत्रको प्रवर्द्धन हुन सक्दैन।

प्रकाशित: ४ भाद्र २०७९ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App