३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सवारी दुर्घटना हुँदा एकको मृत्यु

बाँकेको वैजनाथ गाउँपालिका–५ वनकटवास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

मिनी ट्रक, म्याजिक भ्यान र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा भ्यानका चालक बाँसगढी नगरपालिका–४ बर्दिया निवासी रामबहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार, पश्चिमतर्फ गइरहेको भे१क २१९६ नम्बरको मिनी ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे१ज ४४९ नम्बरको भ्यान र भे११प २८०० को मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा परेर नौ यात्रु घाइते भएका छन्। घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।रासस

प्रकाशित: ३ भाद्र २०७९ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App