५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सिसडोल पुगेका फोहोरकाे गाडी प्रहरीको प्रतिक्षामा

फाइल तस्बिर

काठमाडौंबाट फोहोर बोकेर गएका गाडी सिसडोल पुगेका छन्। काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार बन्चरेडाँडामा आज पनि धेरै संख्यामा प्रहरी परिचालन गरी फोहोर विसर्जन गर्ने तयारी भइरहेको छ। 

उनले भने,'प्रहरी विना फोहोरको गाडी बन्चरेडाँडा पुर्‍याउन गाह्रो छ। धेरै संख्यामा प्रहरी परिचालन गर्ने तयारी गरिरहेका छौं। त्यसपछि हामी फोहोरको गाडी बन्चरेडाँडा पठाउने छौं।'

उता बन्चरेडाँडाबासीले भने फोहोर विसर्जन कार्यमा आज पनि अवरोध गर्ने तयारी गरिरहेका छन्। आफूहरूका माग पूरा नगरिएको भन्दै उनीहरू आन्दोलित छन् ।

मंगलबार पनि त्यस क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रहरीको बल प्रयोग गरेर १ सय ८६ गाडी फोहोर फालेको थियो।

प्रकाशित: १ भाद्र २०७९ ०६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App