coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राजश्व छली ल्याइएको सामानसहित ट्रक बरामद

चामलको विल साथमा सुर्ति, चेरी पान मसाला र चैनी पान मसाला बोकेको ट्रकलाई पर्सा प्रहरीले आइतबार राति अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। ‘राजश्व छली चोरी पैठारी गरी ल्याएका सुर्ती, चेरी पान मसाला र चैनी पान मसाला बोकेको ट्रक’ वीरगन्जबाट उतरतर्फ हिँडेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

उक्त सूचनाका आधारमा जिल्ला प्रही कार्यालय पर्साबाट खटेको टोलीले राति करिब १० बजे तिर ना ८ ख ३४२६ नम्बरको मालवाहक राजमार्गबाट ट्रक फेला पारेको थियो। ‘वीरगन्ज महानगरपालिका –२१ परवानीपुर चोकमा ना८ ख३४२६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा लोड रहेका चामलको बिल मात्र साथमा रहेको र सुर्ती १६ बोरा, चैनी पान मसाला १४ बोरा तथा चेरी पान मसाला १० बोरा बिना प्रज्ञापन पत्रको देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिइएको,’ जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी रहेका प्रहरी नायब उपरीक्षक पह्लाद कार्कीले बताए।

गाडी र बिना प्रज्ञापन भेंटिएको समानको अडतिस लाख ६० हजार एक सय रुपैयाँ मूल्याङ्कन गरिएको छ। आवश्यक अनुन्धानका लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रही कार्यालय पर्साले जनाएको छ। पछिल्लो समयमा वीरगन्ज नाका भएर अवैध पैठारी र निकासीका गतिविधि बढेको छ। बिभिन्न खाले कपडा, सुर्तीजन्य बस्तु, मसला, मोटरपार्टस लगायतका मालबस्तु चोरी पैठारी भइरहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बरामद गर्ने मालबस्तुबाट देखिन्छ।

प्रकाशित: ३१ श्रावण २०७९ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App