१६ चैत्र २०८० शुक्रबार
समाज

टीकापुर खानेपानीको अध्यक्षमा खत्री चार गुणा बढी मतले निर्वाचित

नवनिर्वाचित अध्यक्ष खत्री।

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा नरेशकुमार खत्री भारी मतान्तरले विजयी भएका छन्। उनी प्रतिस्पर्धी प्रकाश बुढाथोकी भन्दा झण्डै चार गुणा बढी मत प्राप्त गरेर विजयी भएका हुन्।

निर्वाचन समितिका अनुसार खत्रीले १ हजार २०५ मत प्राप्त गरेका छन् भने बुढाथोकीले ३७२ मत प्राप्त गरेका छन्। नवनिर्वाचित अध्यक्ष खत्री यसअघि कार्य समितिको सचिव हुन्। कार्य समितिको सचिवमा भने बुढाथोकी प्यानलका मनिष बलायर विजयी भएका छन्।

उनी प्रतिस्पर्धी चक्र तिमिल्सिना भन्दा २८ मत बढी ल्याएर विजयी भएको निर्वाचन समितिले जानकारी लिएको छ। बलायरले ७२९ र तिमिल्सिनाले ७०१ मत पाएका छन्। त्यस्तै कोषाध्यक्षमा खत्री प्यानलका विश्राम चौधरी ६०३ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी बुढाथोकी प्यानलका हिरासिँह विष्टले ४७२ र स्वतन्त्र लडेका मोतिसिँह खत्रीले ३१४ मत पाएका छन्।

संस्थाको सदस्यहरुमा खत्री प्यानलकै वर्चश्व रहेको छ। तीन खुल्ला सदस्यमा २ जना र दुई महिला सदस्यमा दुवैजना खत्री प्यानलका विजयी भएका छन्। तीन खुल्ला सदस्यमा विजयी हुनेमा खत्री प्यानलका खडक धामीले ७७७ र भानुभक्त जैशीले ६८६ मत पाएर विजयी भएका छन्।

त्यस्तै सदस्यमा विजयी भएका बुढाथोकी प्यानलका नवराज ठकुल्लाले ६३४ मत प्राप्त गरेका छन्। विजयी भएका दुई महिला सदस्यमा खत्री सरिता रावल थापाले ९७३ र कृष्णीदेवी चौधरीले ७५८ मत पाएका छन्। निर्वाचनमा २ हजार २६८ मत खसेको थियो भने ६९१ मत बदर भएको छ। संस्थाको उपाध्यक्षमा भने सृजना शर्मा पण्डित निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिका सदस्य रघुनाथ उपाध्यायले जानकारी दिए।

प्रकाशित: २८ श्रावण २०७९ १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App