१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेपालगन्जका नेवार समुदायले निकाले गाईजात्रा

नेपालगन्जमा शुक्रबार निकालिएको गाईजात्रा।

नेपालगन्जका नेवार समुदायले शुक्रबार गाईजात्रा निकालेका छन्। नेवार समुदायले यो पर्वलाई विशेष रुपमा मनाउने प्रचलन छ।

सोही अवसरमा नेपालगन्जका नेवार समुदायले शुक्रबार सामूहिक रुपमा गाईजात्रा निकालेका हुन्। स्थानीय विपी चोकबाट सुरु भएको गाईजात्राले नेपालगन्ज उपमहानगरको विभिन्न भाग परिक्रमा गरी बागेश्वरी मन्दिरको पार्कमा पुगेर समापन भएको थियो।

सो क्रममा ठूलो संख्यामा नेवार समुदायको उपस्थिती रहेको थियो। नेवा पुचः बाँके र नेवाः देय दबु बाँकेको संयुक्त आयोजनामा गाईजात्रा निकालिएको थियो। त्यस क्रममा करिब १२ घर परिवारले आफ्ना दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा निकालेको नेवाः देय दबु बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन भन्ने धार्मिक विश्वास रहेको छ।

प्रकाशित: २७ श्रावण २०७९ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App