७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चट्याङको झट्काले उदयपुरमा ५ चौपाया ठहरै

उदयपुृरको विकट पहाडी लिमचुङबुङ गाउँपालिकामा गएराति चट्याङ पर्दा एक किसानका आधा दर्जन चौपाया मरेका छन् । चट्याङको झट्काले गाउँपालिकाको वडा नं ३ बाराहा निसन्टारस्ति मदनबहादुर कार्कीका ३ वटा गोरु र २ वटा गाई मरेका हुन्।

शनिबार राति ९ः३० बजे वर्षासँगै चर्को आवाजका साथ परेको चट्याङले कार्कीको गोठमा बाँधिएका गाई गोरुको ज्यान गएको हो। कार्कीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय लिमचुङबुङ बाराहाले जनाए अनुसार राति सबै सुतिसकेका बेला चर्को आवाजले चट्याङ परेको र बिहान उठ्दा गोठका सबै गाई गोरु मरिरहेका थिए।

प्रहरीले वडाध्यक्ष गुरुमणि कुमाईसहित जनप्रतिनिधिसँग गएर घट्नास्थलको सर्जमिन मुचुल्का गरी मृत चौपायाको दफन गरेको जनाएको छ।

प्रकाशित: २२ श्रावण २०७९ १०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App