१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

प्लाष्टिकका फूल बिक्री वितरणमा प्रतिबन्ध

फाइल तस्बिर।

वन तथा वातावरण मन्त्रालयले प्लाष्टिकका फूल बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ।

प्लाष्टिकका फूलहरुले वातावरण प्रदुषण गरेको ठहर गर्दै यस्ता फूलहरु बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो। नष्ट नहुने तथा नकुहिने यस्ता फूलहरुले वातावरण प्रदुषण गरेको भन्दै मन्त्री स्तरीय निर्णय गरेर प्रतिबन्ध लगाइएको हो। वन तथा वातावरण मन्त्री प्रदीप यादवले सोमबार यो निर्णय गरेका हुन्।

मन्त्रालयका प्रवक्ता सहसचिव मेघनाथ काफ्लेले मन्त्री स्तरीय निर्णय भएको र राजपत्रमा सूचना निकाल्न कानुन मन्त्रालयमा पठाएको जानकारी नागरिकन्यूजलाई दिए। उनले भने, ‘राजपत्रमा प्रकाशित भएपछि यो कार्यान्वयनमा आउँछ। अहिले हामीले राजपत्रमा सूचना प्रकाशित गर्न कानुन मन्त्रालयमा पठाएका छौं।’

प्रकाशित: १० श्रावण २०७९ ०७:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App