२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

रक्सी तस्करी गरेर भारत लैजाँदै गर्दा पक्राउ

आइतबार राति ट्याक्टरमा राखेर भारततर्फ तस्करी गरेर लैजाँदै गरेको मदिरा ‘रक्सी’ प्रहरीले मोरङको जहदाबाट बरामद गरेको छ।  

जहदा गाउँपालिका–१ को नाका हुँदै भारतको जोगबनीतर्फ ट्याक्टरमा राखेर लैजाँदै गरेको रक्सी आइतबार राति १० बजेतिर बरामद गरेको मोरङ प्रहरीले जनाएको छ। नेपालबाट भारततर्फ रक्सी, सुपारी, हरियो मटरलगायतका वस्तु तस्करी हुन्छ भने भारतबाट लत्ताकपडा, खाद्यान्न, मोटर पाटर्सलगायतका वस्तु चोरी तस्करी हुन्छ।  

को १ त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरिएको ‘दिलवाले’ ब्रान्डको १ सय ५० कार्टुन अवैध रक्सी बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। भारततिर लैजाँदै गरेको अवस्थामा बरामद भएको रक्सी १ लाख ३५ हजार मूल्य बराबरको रहेको छ। प्रहरीलाई देख्नासाथ ट्याक्टर छाडेर चालक फरार भएपछि चालकको खोजी भइरहेको छ। बरामद गरिएको रक्सी आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने डिएसपी श्रेष्ठले बताए।  

भारतको बिहारमा रक्सी बिक्रीवितरण र सेवनमा पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। बिहारमा रक्सी प्रतिबन्धित भएका कारण त्यहाँका मानिसहरु रक्सी सेवन गर्नका लागि विराटनगरलगायत पर्यटकीय क्षेत्र भेडेटार आउने गछर्न्। तस्करीमा संलग्नहरुले दुवै क्षेत्रका सुरक्षाकर्मीलाई छक्काएर सामान लाने ल्याउने गर्दछन्।  

नेपाल प्रहरीले चोरी तस्करीका विभिन्न सामान सीमा क्षेत्रमा मात्रै होइन विराटनगर क्षेत्रबाट समेत सानो ठूलो परिमाणमा बरामद गर्ने गरेको छ। तस्करी गरेर ल्याइएका लत्ताकपडा, खाद्यान्न, मोटरपाटर्सलगायतका सामनहरु विराटनगरका विभिन्न घर बहालमा लिएर गोदाम बनाएर राखेको अवस्थामा बरामद गरे पनि त्यो सामन धनी कहिले पनि पक्राउ पर्दैनन्।  

‘बिल बिनाका सामन छ भन्ने सूचनाका आधारमा छापा मारेर सामन बरामद गर्छौं,’ डिएसपी श्रेष्ठले भने, ‘यसरी बरामद गरिएको सामन आवश्यक कारबाहीका लागि सम्बन्धित निकाय (रावश्व वा भन्सार)लाई बुझाउने गरेका छौं। हामीले सामन बरामदसम्म गर्ने हो। थप अनुसन्धान र कारबाही सम्बन्धित निकायले गर्छ।’  

कुनै घर गोदाममा अवैध सामन भण्डार गरेर राखेको सूचना पाएपछि त्यहाँ छापा मार्दा तत्कालै मानिस फेला परे सामन र मानिस सम्बन्धित निकायलाई बुझाउने गरिएको छ। कतिपय ठाउँमा गोदम राखेको घरपेटीसमेत कसले राखेको भनेर नभन्ने गरेकाले पनि सामन धनीलाई तत्काल पक्राउ गर्न नसकेको डिएसपी श्रेष्ठले बताए।

प्रकाशित: ९ श्रावण २०७९ ०८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App