२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चार वर्षीया बालिकाको बलात्कारपछि हत्या, ३ जना पक्राउ

चार वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको घटनामा आरोपीको रुपमा प्रहरीले वीरगन्जबाट एक नाबालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।  

वीरगन्ज महानगरपालिका– २ छपकैयास्थित एउटा खाली जग्गामा उब्जिएको झाडीमा ४ वर्षीया बालिकाको शव शनिबार बिहान ७ बजे फेला परेको थियो। बालिका साउन ५ गते साँझदेखि हराएको भन्दै उनका हजुरबुवाले प्रहरीमा यसअघि उजुरी दिएका थिए। उजुरीको ३ दिनपछि बालिकाको शव फेला परेको छ।  

शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा पहिला एक जना १२ वर्षीय बालकको संलग्नता भेंटिएको थियो। प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीका अनुसार १२ वर्षीय बालकसँगको सोधपुछमा अन्य तीन जनाको पनि संलग्नता भेंटिएको छ। ‘बालिकालाई सामूहिक जबरजस्ती करणीपछि कर्तव्य गरी मारेको अनुसन्धानमा खुलेको’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासमेत रहेका कार्कीले जारी गरेको सूचनामा उल्लेख छ।  

प्रारम्भिक अनुसन्धानबाट तीन जनाको संलग्नता खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान बढाइएको प्रहरीको भनाई छ। चार वर्षीया बालिकाको जबर्जस्ती करणी तथा हत्याको आरोपमा १२ वर्षीय बालक, वीरगन्ज महानगरपालिका– २ छपकैयाका १९ वर्षीय जफ्रुदीन र वीरगन्ज– १६ नगवाका १८ वर्षीय सलमान खानलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। घटनामा संलग्न अर्का एक जना फरार रहेकोमा प्रहरीले खोजतलास भइरहेहको जनाएको छ।  

प्रकाशित: ९ श्रावण २०७९ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App