४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बढीमा ३५ दिन लाग्ने स्वीकृतिको काम गर्न सात सय बैसठ्ठी दिन!

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिबेदन स्वीकृत गर्न ७ सय ६२ दिनसम्म लागेको भन्दै महालेखा परीक्षकको कार्यालयले मूल्याङ्कनको स्वीकृति कानुनले तोकेको म्याद भित्रै दिन वन तथा वातावरण मन्त्रालयलाइ निर्देश गरेको छ। 

महालेखा परीक्षकको कार्यालयको ५९औं प्रतिबेदनमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिबेदन स्वीकृत गर्न कम्तिमा ४९ देखि बढीमा ७ सय ६२ दिन सम्म लागेको उल्लेख गरिएको छ। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिबेदन स्वीकृत गर्न भएको ढिलाइले योजना कार्यान्वयन अवधि लम्बिन गएको तथा परार्मशदाता र निर्माण व्यवसायीको समय र मूल्य समायोजन अवधि बढाउनुपर्ने अवस्थाले योजनाको लागत बढ्नेतर्फ सचेत रहन मलेपले सरकारको ध्यानाकर्षण गरेको छ। 

मलेप प्रतिबेदन अनुसार सुपर काबेली ‘ए’ जलबिद्युुत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिबेदन ४९ दिनमा, सुपर काबेली खोला जलबिद्युुत आयोजनाको ८४ दिनमा,उत्तर दक्षिण लोकमार्गको २ सय ७३ दिनमा र मध्य पहाडी सडक(नेपालथोक–बाहुनेपाटी खण्ड)को ५ सय १९ दिमा स्वीकृत गरिएको छ। 

यस्तै न्यूरो हस्पिटल बिराटनगर(स्तरोन्नती कार्य)को ६ सय ६७ दिनमा,बाँदरमुडे खोला पुल(चितवन)को ६ सय ७५ दिनमा,सहकारी शित भण्डार(सप्तरी) को ७ सय १३ दिनमा,काली गण्डकी दाना उद्योग (स्याङ्जा) को ७ सय १८ दिनमा र ब्रजमादी जलबिद्युत आयोजना (कास्की) को ७ सय ६२ दिनमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिबेदन स्वीकृत गरिएको मलेपले आफ्नो प्रतिबेदनमा भनेको छ। 

वातावरण संरक्षण ऐन २०७६ को दफा ३ मा वातावरणीय परीक्षण एवम् मूल्याङ्कन गरी प्रतिबेदन स्वीकृतिका लागि सम्वन्धित निकायमा पेश गर्नुपर्ने प्रावधान उल्लेख गरिएको छ। वातावरण संरक्षण नियमावली २०७७ को नियम ९ मा प्रारम्भिक वातावरणीय प्रतिबेदन १५ दिन भित्र वातावरणीय प्रभाव मूल्याङ्कन ३५ दिन भित्र स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको मलेपले औंल्याएको छ।

प्रकाशित: ८ श्रावण २०७९ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App