१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

ट्राफिक नियम तोड्ने ३८ सय सवारीसाधन कारबाहीमा

ट्राफिक नियम तोड्ने बैतडीका ३ हजार ८ सय बढी सवारी साधन कारबाहीमा परेका छन्। आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ८ सय २६ सवारी साधनहरुलाई कारबाही गरेको जनाएको छ।

ट्राफिक नियम उल्लंघन गर्ने ४ सय १५ ट्रक/ट्याङ्कर, ६४ बस, २ हजार ९३ जीप कार र भ्यान कारबाहीमा परेका छन्। यस्तै ३ सय २ ट्याक्टर, ७ सय ७२ मोटर साइकल र १ सय ४० अन्य सवारी  साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामसिंह भण्डारीले बताए।

सवारीसाधन चलाउँदा चालक अनुमतिपत्र नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा बढी यात्रु बोक्ने, तीव्रगति लगायतका नियम उल्लंघन गर्ने सवारी साधन कारबाहीमा परेका हुन्।

कारबाहीमा परेका सवारी साधनबाट २१ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले बताएको छ। गत आर्थिक वर्षमा ४ हजार ३ सय ४३ सवारी साधन कारबाही परेका थिए।

प्रकाशित: ७ श्रावण २०७९ ०९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App