२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आज गुरु पूर्णिमा मनाइँदै

फाइल तस्बिर

आसाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।

यस पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्रआभूषण फेराउने र मिष्ठान्न भोजन गराउने परम्परा छ।

संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको छ।

अज्ञानता रुपी अन्धकारको नाश गरी जीवनमा ज्ञानको ज्योति दिने, फैलाउने व्यक्तिलाई नै ‘गुरु’ भनिन्छ। यस्ता गुरुलाई पूर्वीय दर्शन र शास्त्रले  ब्रह्मा, विष्णु र महेश्वरसहितका त्रीदेवका रुपमा लिइन्छ।

पूर्वीय दर्शन परम्पराका स्थापित धर्मग्रन्थ वेद, पुराण, उपनिषद, रामायण र महाभारतसहित महाकाव्यका रचयिता महामुनि कृष्ण द्वैपायन (वेदब्यास) को जन्म दिन असार पूर्णिमा नै मानिएको हुँदा उहाँप्रतिको सम्मानभावबाट नै  हिन्दू परम्परामा यो पर्वको परम्परा बसेको हो।

माता–पिताजस्तै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ भनिने हिन्दू वैदिक परम्परा छ । 

प्रकाशित: २९ असार २०७९ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App