५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

अनियमित विद्युतविरुद्ध राँको, टुकी र मैनबत्ती बालेर प्रदर्शन

विद्युत आपूर्तीमा पटक पटक अनियमित हुन थालेपछि चरिकोट बजारका स्थानीयले विद्युत प्राधिकरण दोलखा शाखा अगाडि राँको र टुकी बालेर प्रदर्शन गरेका छन्।

विद्युतको ‘हव’ दोलखा जिल्लामा केही साता यता पटक पटक विद्युत अवरुद्ध हुने र कटौती हुने समस्याका कारण उपभोक्ता मारमा परेका भन्दै चरिकोट बजारका अगुवाहरुले नेपाल विद्युत प्राधिकरणको तिखातलमा रहेको दोलखा वितरण केन्द्र अगाडी राँको, टुकी र मैनबत्ती बालेर प्रदर्शन गरेका हुन्।

जलविद्युतको ‘हव’ मा पनि विद्युत प्राधिकरणले बिजुली कटौती गरेर उपभोक्तालाई सास्ती दिएको र बिजुली उत्पादन हुने जिल्लामा समेत अध्याँरो युगतिर धकेल्न खोजेकाले आफूहरु सांकेतिक रुपमा विरोध प्रदर्शनमा उत्रिनु परेको चरिकोटका नागरिक अगुवा चिरञ्जीवी मास्केले बताए।

वितरण केन्द्र चरिकोटका प्रमुख इञ्जिनियर मेघनाथ ढकालले धेरै आयोजनाहरुको बिजुली जोडेकाले ‘ट्रिप’ बत्ती काटिने समस्या भएको बताए। उनले समस्या निराकरणका लागि प्राधिकरणले लागिरहेको बताए।

आन्दोलनमा पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष सिर्जनकुमार घिमिरे, उद्योग वाणिज्य संघ दोलखाका महासचिव बिमल श्रेष्ठ, चेम्बर अफ कमर्शका महासचिव पाण्डव पाण्डे, फेन्सी व्यवसायी संघ दोलखाका अध्यक्ष कृष्ण श्रेष्ठ, अधिकारकर्मी होम पाठक, अगुवाहरु दिपक बस्नेत, अर्जुन कार्की लगायत सहभागी थिए।

आन्दोलन कारीहरुले कार्यालयका प्रमुख ढकाललाई ज्ञापनपत्र समेत बुझाएका छन्। तीन दिन भित्र समस्या नसुल्झाए प्राधिकरणविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत उनीहरुले दिएका छन्।

प्रकाशित: १६ असार २०७९ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App