९ असार २०८१ आइतबार
image/svg+xml
समाज

युवा पुस्तामा लागूऔषध दुर्व्यसनी बढ्योः गृहमन्त्री

फाइल तस्बिर

गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागूपदार्थ दुर्व्यसनी चुनौतीको रुपमा अघि बढिरहेको बताएका छन्।

आइतबार काठमाडौँमा भएको लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्। उनले लागू पदार्थको दुर्व्यसनका कारण समाजलाई गम्भीर असर पारेको पनि जिकिर गरे। मन्त्री खाँणले लागूऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको उल्लेख गरे। उनले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको पनि बताए।

लागूऔषध दुर्व्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेकाे गृहमन्त्रीकाे भनाइ छ। उनले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुर्व्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यक्ता रहेको पनि बताए।

गृहमन्त्री खाँणले विभिन्न अपराधिक गतिविधिहरु मध्येमा लागू पदार्थसँग सम्बन्धित अपराध झन्डै ८ प्रतिशतभन्दा बढी पुगिसकेको र लागू पदार्थ अपराधमा दोषी ६ हजारभन्दा बढी बन्दी कारागारमा रहेको उल्लेख गरे।

प्रकाशित: १२ असार २०७९ ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App