६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भरतपुर विमानस्थल अगाडिका संरचना हटाइयो

पूर्वपश्चिम राजमार्ग अन्तरगत भरतपुर विमानस्थल अगाडीका संरचनाहरु भत्काइएको छ। भरतपुरको गोन्द्राङ-पुलचोक सडक क्षेत्राधिकारभित्र परेका ७ वटा घरटहरा भत्काईएको हो। सडक डिभिजन कार्यालय भरतपुरका निमित्त प्रमुख बाबुराम सापकोटाले पटक–पटक सूचना दिदासमेत घरटहरा नहटाएपछि भत्काइएको जानकारी दिए। 

सडक डिभिजनले पछिल्लोपटक यही जेठ ३१ गते सूचना टाँस गर्दै ३ दिनभित्र हटाउन आग्रह गरेको थियो। भरतपुर विमानस्थलको अगाडी सडकको केन्द्रभागबाट २५ मिटरमा परेका ७ घरटहरा हटाइएको छ। उनले घरमै सूचना टाँसेर हटाउन भनिएपछि नहटाएपछि बाध्य भएर हटाइएको बताए। उनले कानुनी प्रक्रियामा जान तयार भएको बताए। उनले सडक निर्माणको काममा ढिलाई हुन नदिन सडक क्षेत्राधिकारमा परेका संरचना हटाइएको बताए।  

घर भत्काइएका घरधनी सूर्य गौतमले २०१८ सालदेखि बस्दै आएको घर सर्वोच्चमा मुद्धा विचराधिन रहेका बेलानै भत्काएर बलप्रयोग भएको दुखेसो गरे। उनको २ धुर जग्गामा घर र २ धुर जग्गा बाटोमा परेको छ।  मुअब्जाका लागि २२ जनाले दायर गरेको मुद्धामा सर्वोच्चले २०७७ पुस २४ गते यथास्थितिमा राख्नु भनि अल्पकालिन आदेश जारी गरेको थियो। ‘फैसला कुरेर बसेका बेला एकाएक डोजर लगाएर घर भत्काउने काम भयो’, गौतमले भने, ‘अदालतको मानहानी गरेकाले सडक डिभिजन विरुद्ध मुद्धा दिने तयारीमा छौँ।’

सडक, महानगरमा मुअब्जाकाबारे जानकारी लिन जादा टुंगो नलागेपछि मुद्धानै दिएको बताए। जग्गाधनी निर्मल ढकालले अदालतको आदेश विपरित घर भत्काइएको बताए। ‘असार २७ गते पेशी थियो, तर पहिल्यै घर भत्काउने काम भयो’, उनले भने, ‘व्यक्तिगत जग्गामा लिखित सूचना विपरित घर भत्काएर उठिबास लगाउने काम भएको छ, हामी न्यायका लागि अदालत जानेछौँ।’  विमानस्थल अगाडी रहेका एक भाँडा पसल, ६ वटा चियापसलका घरटहरा आज (मंगलबार)  हटाइएको छ। सूर्य गौतम, धर्मराज श्रेष्ठ, अच्युतराज पौडेल, डिलादेवी रिजाल, शिव ढकाल, चिरञ्जिवी गौतमका घरटहरा हटाइएका हुन्।

प्रकाशित: ७ असार २०७९ १४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App