१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पूर्णरूपमा खुल्यो नारायणघाट-मुग्लिन सडक खण्ड

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ। गए राति चितवनको इच्छाकामना-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको  थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाएर राति १ः३० बजेबाटनै सडक पुनः पूर्णरूपमा सञ्चालन गरिएको हो। सडक पूर्णरूपमा खुलेसँगै जाममा परेका यात्रु गन्तव्यमा लागेका छन्। पानी पर्न रोकिएपछि केही सहज भएको ट्राफिक प्रहरीले जनाएको छ।

शुक्रबार बिहान टोपे खोलमा पहिरो खस्दा घण्टौँसम्म गाडी जाम भएका थिए। दिउँसो पहिरो पन्छाएर गाडी चल्न थाले पनि फेरि पहिरो खस्दा यात्रुले सास्ती पाएका थिए।

प्रकाशित: २८ जेष्ठ २०७९ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App