दुल्लु नगर पालिकाले नगरपालिकामा परिचय पत्र लिने आउने पूर्ण अशक्त भएका अपांगता भएका नगरबासीहरुलाई आउदा जाँदा बाटो तथा खाजा खर्च दिने भएको छ। दुल्लुनगर पालिकाले नगरभित्र वडाको दुरी हेरेर बाटो खर्च कति दिने निर्धारण गरेको हो।
पूर्ण अशक्त (क) वर्गको परिचय पत्र पाउनेहरुलाई वडा हेरेर बाटो खर्च निर्धारण गरेको हो। जसमा टाढा रहेका ११, १२ र १३ वडाको हकमा एक पटक आए बापत २ हजार ५ सय रुपैँया र १, २, ३, ६, ९ र १० का लागि २ हजार रुपैँया दिने निर्णय गरिएको छ। त्यस्तै ४, ५, ७,८ का लागि १ हजार रुपैँया बाटो तथा खाजा खर्च वापत पूर्ण अशक्त अपांगता भएका ब्यक्तिहरुलाई पहिलो पटक आउनेहरुलाई निर्णय भएको नगर प्रमुख भरत रिजालले बताए।
‘परिचय पत्र बनाउन छुटेका र उनीहरु नगरपालिका आउन नसक्ने अवस्था भएकाहरुको हकमा पहिलो पटक आउनेहरुलाई यातायात खर्च दिने निर्णय भएको हो।’ नगर प्रमुख भरत रिजालले भने, यातायात खर्चले नगरपालिकासम्म आउन सजिलो हुनेछ।’ नगर पालिका आउन नसकेर परिचय पत्र बनाउन नछुटुन भनेर परिचय पत्र बनाउन आउदाँ एक पटकलाई भत्ता दिने निर्णय गरेको नगर प्रमुख रिजालले बताए। दुल्लु भौगलिक हिसावले ठुलो क्षेत्र ओगटेको नगर पालिका हो। पूर्ण अशक्त अपांगता भएका ब्यक्तिहरु परिचय पत्र लिन नगर पालिकासम्म पहुँच गराउन नगरपालिकाले राम्रो निर्णय गरेको पंचकोशी अपांगता मञ्चका अध्यक्ष जितबहादुर जिसीले बताए।
प्रकाशित: २४ जेष्ठ २०७९ ०५:४९ मंगलबार