१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'महिलाको मुद्दा महिलाले मात्रै उठाएर सम्बोधन हुँदैन'

पश्चिम रुकुमका जनप्रतिनिधिहरुले महिला स्वास्थ्य अधिकारका बारेमा आफूहरु गम्भीर भएको बताएका छन्। अन्र्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको अवसर पारेर सदरमुकाममा आयोजित एक कार्यक्रममा उनिहरुले नीति नै बनाएर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता गरेका हुन्।

महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, यातनाबाट मुक्त हुने अधिकार, स्वास्थ्य अधिकार, गोपनियताको अधिकार, शिक्षाको अधिकार र भेदभाव निषेध लगायतका अधिकारहरु मानव अधिकारसँग सम्बन्धित रहेको भन्दै मुसिकोट नगरपालिका र ओरेक रुकुमको आयोजनामा कार्यक्रम गरिएको थियो।

नगर प्रमुख महेन्द्र केसीको अध्यक्षता सम्पन्न कार्यक्रममा उपप्रमुख बिमलकुमार पुन, विभिन्न १२ वडाका अध्यक्ष लगायत करिब ४ दर्जनको सहभागिता रहेको थियो। कार्यक्रममा ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले कार्यपत्र प्रस्तुत गरेका थिए। सहभागीले कार्यपत्र माथि छलफल गर्दै जिल्लामा यौन तथा प्रजनन् स्वास्थ्य समस्या र वालबिवाह धेरै रहेको गुनासो गरेका थिए।

सहभागीका जीज्ञासा माथि बोल्दै नगरप्रमुख केसीले महिला स्वास्थ्य र अधिकारका सवालमा गम्भीर भएको बताउँदै। नीति बनाएर कार्यान्वयनमा जाने बताए। ओरेक रुकुमका करुणा रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रको सहजीकरण मुसिकोट नगरपालिकाका महिला शाखाका कमला मल्लले गरेका थिए।

सहभागीले महिला हिंसाको जड बालबिवाह भएको बताएका थिए। महिला हिंसाका घटना गम्भीर तरिकाबाट हिंस्रक भएर आउन थालेको बताउँदै नयाँ जनप्रतिनिधिलाई नीति बनाएर लैजान सुझाव दिएका थिए। नगर प्रमुख केसीले महिलाको मुद्दा महिलाले मात्र उठाएर नहुने बताउँदै यस्ता साझा मुद्धा र कुरितिविरुद्ध हातेमालो गर्ने प्रतिबद्धता गरेका थिए। उपमेयर पुनले न्यायिक समितिलाई सक्रिय बनाइने बताए।

महिला र किशोरीको न्यायको लागि र यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित गर्न संसार भरकै अधिकारकर्र्मीहरुले आफ्नो आवाज बलियो बनाउन मे २८ लाई अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको रुपमा मनाउन थालिएको हो। महिनावारीको चक्र २८ दिनमा हुने र औसतमा ५ दिनसम्म हुने भएकाले पाँचौ महिना मे र २८ तारिखलाई महिनावारी स्वछता दिवसको रुपमा पनि मनाइने गरिएको छ।

सोही अवसरमा राष्ट्रिय महिला अधिकार दिवसका बारेमा समेत छलफल गरिएको थियो। नेपाल सरकारले २०७६ जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउन थालेको छ। नेपालमा महिला अधिकारका चार सवालहरु सम्बोधन भएको दिनलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउन थालिएको हो।

आमा वा बुवा मध्यबाट नागरीकता प्राप्ती, कम्तीमा एकतिहाइ महिलालाई राज्यका हरेक संरचनामा सहभागिताको सुनिश्चितता, विभेदित कानुनको खारेजी र महिला प्रति हुने गरेको हिंसा अन्त्य गर्ने सवाल सम्बोधन भएको भन्दै यो दिवस मनाउन थालिएको हो।

प्रकाशित: १६ जेष्ठ २०७९ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App