४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

रूकुम पूर्वको पेल्मामा १२ बजे पछि मतदान सुरु

रूकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा अपरान्हपछि मात्र सुरु भएको छ। प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा १२ बजेपछि मात्र मतदान सुरू भएको हो।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काका अनुसार बिहानभर फोन सम्पर्क नभएको र बिहान ९ बजेपछि मात्रै स्याटेलाइट फोन सम्पर्क हुँदा मतदान सुरू नभएकोबारे उनिहरुले जानकारी पाएका थिए।

‘दिउसो १२.५ बाट मतदान सुरु भएको छ। सर्वदलीय बैठक बसेर निर्वाचन गर्ने सहमति भएको थियो।’ प्रमुख जिल्ला अधिकारी खड्काले नागरिक संग भने ‘हिजो कांगे्रस र माओवादी बिचको झडप पछिको परिस्थितीका कारण मतदान सुरु गर्न ढिलाई भएको हो। त्यहाको बाताबरण अहिले शान्त छ।’  

उक्त पालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा चुनावी तालमेल रहेको छ। नेकपा माओवादी केन्द्र एक्लै भिडेको छ। स्थानिय प्रसासनले सामान्य झडप भनेपनि स्थानियका अनुसार कांग्रेसका एक जना कार्यकर्ता गम्भीर घाइते छन्। उनलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं लैजानुपर्ने माग कांग्रेसका नेताहरूले राखेका थिए।

प्रकाशित: ३० वैशाख २०७९ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App