१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अनमीमाथि अभद्र व्यवहार भएको भन्दै सिदिङ्वा गाउँपालिकाका कर्मचारी आन्दोलित

स्थानीय एक व्यक्तिले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा कार्यरत अनमी पुजन राईमाथि कुटपिट र अभद्र व्यवहार गरेको भन्दै पालिकाका कर्मचारी आन्दोलित भएका छन्। 

सिदिङ्वा गाउँपालिकाका कर्मचारीले सोमवार एक संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै साब्लाखु स्वास्थ्य चौकीमा कार्यरत अनमी राईमाथि स्थानीय सन्दीप इदिङ्गोले गालीगलौज र भौतिक आक्रमण गरेको भन्दै दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गरेका छन्।

आक्रमणबाट राई शारीरिक रुपमा घाइते भएको र मानसिकरुपमा शसंकित बनेको भन्दै कर्मचारीहरुले बिज्ञप्तीमार्फत आक्रमणमा संलग्नलाई कानुनी दाहेरामा ल्याई तत्काल कारबाही थाल्न माग गरेका छन्। कर्मचारीहरुले यो कार्यको निन्दा गर्दै बारबार भइरहने यस्ता घटनाबाट पालिकामा सहज ढंगले काम गर्ने वातावरण पनि नभएको र कर्मचारीमाथि भइरहने भौतिक र मानसिक आक्रमणले मनोबल समेत गिर्ने दाबी गरेका छन्।  

कर्मचारीहरुले संयुक्त प्रेस बिज्ञप्तीमार्फत घटनाको उचित छानबिन गर्न र दोषीलाई तत्काल कानुनी दाहेरामा ल्याएर वातावरण सहज बनाइदिन स्थानीय प्रशासनको सहयोग मागेका छन्। बारम्बार भइरहने यस्ता घटना अब उप्रान्त नदोहोरिने वातावरण सृजनाका लागि समेत उनीहरुले सम्बन्धित सबै पक्षको ध्यायाकार्षण समेत गरेका छन्। स्थानीय फुर्वा लामाको घरमा खाना खाँदै गरेको अवस्थामा अनमी राईमाथि शारीरिक र मानसिक आक्रमण भएको कर्मचारीहरुले बिज्ञप्तीमा उल्लेख गरेका छन्।

प्रकाशित: १९ वैशाख २०७९ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App