२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

तापक्रम ४४ डिग्री पुगेपछि दिल्लीमा यल्लो अलर्ट

भारतको राजधानी दिल्लीमा तापक्रम ४४ डिग्रि पार गरेपछि मौसम विभागले यल्लो अलर्ट जारी गरेको छ। विभागले गर्मीको लहरले कमजोर मानिसमा स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै सचेत हुन चेतावनी दिएको छ।

भारत सरकारले गर्मीको लहरले दक्षिण एसियाको ठुलो क्षेत्रमा असर गर्ने चेतावनी दिएको छ। ‘देशमा तापक्रम तीव्र गतिमा बढिरहेको छ। सामान्य अवस्थामा भन्दा छिट्टै तापक्रम बढिरहेको छ,’ राज्य सरकारका प्रमुखहरूको एउटा अनलाइन सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्।

त्यस्तै पाकिस्तानको जलवायु परिवर्तन सम्बन्धी मन्त्रालयले बिहीबार बढ्दो गर्मीलाई मध्यनजर गर्दै सबै राज्यमा अलर्ट जारी गरेको छ। सो मन्त्रालयले दक्षिण एसियाले यो वर्ष गर्मीका कैयौं लहर सामना गर्नुपर्ने चेतावनी दिएको छ।

जलवायु परिवर्तन मन्त्री सेरी रेहमनले पाकिस्तानले गत मार्चदेखि अनपेक्षित तापक्रम वृद्धिको अवस्था भोगिरहेको बताएका छन्। भारत र पाकिस्तानको सीमा क्षेत्रको तापक्रम ४९ देखि ५० डिग्रि सेल्सिएससम्म पुग्ने अनुमान गरिएको छ।

प्रकाशित: १६ वैशाख २०७९ ०४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App