६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पहाडी भू-भागका केही स्थानमा आज वर्षाको सम्भावना

पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बिहान पहाडी भू-भागमा आंशिक बदली छ।

दिउँसो पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एकरदुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

शनिबार पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ। राति प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: २ वैशाख २०७९ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App