१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

आज बिस्का जात्राको मुख्य दिनः ल्योसिंखेलमा ५५ हात लामो लिंगो उभ्याइने

आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको क्रममा बुधबार भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिंगो उभ्याइँदैछ। यो विस्का जात्राको सवैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो। जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरू यो जात्रा हेर्न आउने गर्छन्।  

जात्राको क्रममा ५५ हात लामो लिंगोलाई डोरीको सहायताले तानेर उभ्याइने गर्दछ। लिंगो तान्न सयौं युवाहरू स्वतस्फूर्त तयार हुन्छन्। घण्टौंको प्रयासपछि लिंगो उभ्याउन सफल भएका हुन्छन्। लिंगो साँंझबाट उभ्याउन सुरु हुने गर्छ। ठूलो भएका कारण कुनै वर्ष लिंगो उभ्याउन नसकेको घटना पनि छ। तर पनि भोलिपल्ट उठाइन्छ।

प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँं यसरी नै लिंगो उभ्याउने गरिन्छ। उभ्याइएको लिंगो वैशाख १ गते ढाल्ने गरिन्छ। चैतको मसान्तमा उभ्याइने र वैशाख १ गते ढाल्ने भएकाले लिंगो एक वर्ष उभेको बुझाइ छ।

यसअघि बुधबार बिहान भक्तपुरकै पोटरी स्क्वायरमा सानो हात नभएको लिंगो उभ्याइन्छ। स्थानीयस्तरम उभ्याइने यो लिंगो हेर्न पनि सयौं भक्तपुरवासी जात्रा हेर्न पुग्छन्।

यसअघि नयाँ वर्ष चार दिनअघि प्रसिद्ध पाँंचतले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँंसो तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो। प्रत्येक वर्ष नयाँंवर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको तीनतल्ले भैरबनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ।

इतिहास एव्ं संस्कृतिविद् डा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो। तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए। तर उपत्यकाको राजनीतिक विखण्डनलगायत विसं. १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनीतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो। तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिसहरू आउने गर्दछन्।

भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ। यो बेला पनि रथलाई दुवै साइटमा डोरी राखेर तानिन्छ। यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाहा विज्याइगू अर्थात् देवता (रथ) माथि सवारी हुने भनिन्छ। यसकारण यस दिन माथिल्लो साइटमा ६ वटा र अर्काे साइटमा चारवटा मात्रै डोरी राखिन्छ।

प्रकाशित: ३० चैत्र २०७८ ००:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App