१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पीडैपीडामा बादी समुदाय

कालिकोट जिल्लाको सदरमुकाममा बस्दै आएका बादी समुदायले अहिले पनि आफूहरुले सम्मानपूर्वक बाच्न नपाएको गुनासो गरेका छन्।

खाँडाचक्र नगरलपालिका-१ को सडक छेउछाउमा बस्दै आएका बादी समुदायले सुरक्षित ठाउँमा बस्नको लागि विभिन्न निकायसम्म पटक–पटक माग राख्दा पनि वास्ता नगरेको बताएका छन्।

बादी समुदायलाई फरक नजरले हेर्ने गरेको कारण आफूहरुले कुनै पनि निकायबाट राम्रो सहयोग नपाएको उनीहरुको गुनासो छ। ‘बुढेसकालमा न बस्ने घर छ न कोही साहारा छ,’ कालिकोटकी ६१ वर्षीया लक्ष्मी बादीले भनिन्, ‘हामी धेरै समस्या छौं।’

लक्ष्मी गाउँमा माग्न जाँदा लडेर हात भाँचियो। जिल्ला अस्पताल कालिकोटले हातको अप्रेशन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला जान भनेको छ। उनीसँग उपचार त परको कुरा छाक कटाउनका लागि अन्न किन्ने पैसा छैन। ‘डाक्टरले उपचार गर्न जुम्ला जानु भनेका छन्,’ उनले भनिन्, ‘घरमा खाने अन्न छैन, आफू उपचारका लागि कहाँ जान सक्छु।’

अर्का ७० वर्षीय मोती बादी पहिले मादल बनाउने, सुल्पा बनाउने, गीत गाउँदै मागेर गुजारा चलाउने चलन थियो र उनी त्यो गर्थे। ‘अहिले परिस्थिति बदलियो चार छोरा बुहारीले छाडे एक्लै बसेको छु,’ उनले भने, ‘साँझ–बिहान मागेर भए पनि केही छाक खाना खाने गरेको छु। अहिले सरकारले पनि हेरेर्न छोरा बुहारीले पनि छोडे।’

सात ओटा बिहे गरेका मोती बादीको साथमा अहिले कोही पनि छैनन्। एक्लै बस्न बाध्य उनको गोठमा लत्ता कपडा, खाने अन्न पनि थिएन। आँखा भरी आँसु झार्दै उनीले भने, 'मलाई सहयोगको खाँचो छ, पुरानै मागेको कोट लगाएको छु, वर्षौ भयो कोट च्यातियर झिरा परिसक्यो, नयाँ लुगा लगाउन मिठो खान कसलाई मन नपर्दो हो। तर, मसँग केही छैन।'

बादी समुदायका महिलाहरुलाई यौनकर्मीको रुपमा हेर्ने र जवानी हुन्जेल बिहेको प्रस्ताव राखेर बादी महिलाको अस्तित्व लुटेका छन्। जातीय रुपमा चरम छुवाछुत त विभेद भोगिरहेका समुदायले दलित–दलित समुदायभित्र पनि सबैभन्दा बढी विभेद भोग्नुपरेको छ। 

मागेरै गुजारा चलाउनुपर्ने बाध्य बादी समुदायले पछिल्लो समय हेपिएका छन्। बादी समुदायकी अगुवा कैशीला बादीले देशमा चुनाव आएमात्र भोट माग्न बादी समुदायमा नेताहरु आउने र त्यसपछि वास्ता नगर्ने गरेको गुनासो गरिन्।

‘होम्रो घर छैन जग्गा छैन,’ उनले भनिन्, ‘छोराछोरीले शिक्षा पाएका नाई हामीलाई सहयोग गरेको भए माग्नु पर्ने थिएन। राज्यले खाने  लगाउने र बाच्ने व्यवस्था गरेको भए कष्टपूर्ण दिनको अनत्य हुन्छ भने उनलाई लागे छ।’

बादी समुदायका व्यक्तिले सम्मानपूर्वक बाच्न पाउनु पर्ने र त्यसका लागि सरकारले गास र बासको व्यवास्था गरी दिनुपर्ने बताउँदै आएका छन्। चुनावको बेला गास, बास र रोजगारीको व्यवस्था गर्छु भन्ने नेताहरुले अहिले त्यो पूरा नगरेको उनीहरुको आरोप छ।

प्रकाशित: २१ चैत्र २०७८ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App