१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

खबरदारी गर्न ताप्लेजुङ प्रहरीको आग्रह

ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी कैलाश राईले सूचनाको आदानप्रदान सहित सकारात्मक नतिजा दिने गरी खबरदारी गरिदिन ताप्लेजुङका सञ्चारकर्मीसँग आग्रह गरेका छन्।

ताप्लेजुङको प्रहरी प्रमुखको जिम्मेवारी लिएर आएपछि पहिलोपटक यहाँका सञ्चारकर्मीसँग साक्षात्कार गर्दै उनले सकारात्मक नतीजाका लागि गर्ने खबरदारीलाई आफू र आफ्नो मातहतको निकायले सधैं ग्रहण गर्ने बताए। शान्तिसुरक्षा सम्झौताहीन विषय भएको भन्दै उनले समग्र सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नागरिकका तर्फबाट आफूहरूले पनि केही अपेक्षा गरेको बताए। थाह भएसम्मको सत्य सूचना दिएर अपराधिक घटनामा संलग्नको पहिचान गर्न तथा सम्भावित अपराधका घटना न्यून गर्न समुदायका सदस्यको भूमिका बलियो हुने उनको भनाइ थियो।

उनले फुङलिङको साँघुरो बजार क्षेत्रमा हुने यातायात समस्या र विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका सम्भावित योजनाबारे आफ्नो ध्यान केन्द्रित भएको समेत बताए। ‘साँघुरो र पुरानो बजार क्षेत्र र पार्किङको अभावले यातायात क्षेत्रमा अव्यवस्था हुने भएको हुँदा यसलाई सुव्यवस्थित बनाउन सरोकारवालापक्षसँग छलफल गरी निर्णयमा पुग्ने बताए।

साँघुरो बजार क्षेत्रमा आगलागी जस्तो जोखिम पनि उत्तिकै रहेको अवस्था आफूले पाएको भन्दै डिएसपी राईले जोखिम कम गर्न स्थानीय सरकार र समुदायसँग मिलेर काम गर्ने योजना समेत सुनाए। बजार क्षेत्रमा हुने तीव्र गतिका सवारी साधनलाई नियन्त्रणमा लिने, लागुऔषध दुव्र्यसनविरुद्ध कडा रूपमा प्रस्तुत हुने र अपराधिक मनोवृत्ति नियन्त्रणमा लिई शान्तिसुरक्षा कायम गर्ने सवालमा आफ्नो ध्यान केन्द्रित हुने उनको विश्वास थियो।

उनले ताप्लेजुङ सदरमुकाम प्रवेशमार्ग पाथीभरा याङ्वरक गाउँपालिकाको मेवाखा प्रहरी चेकपोस्टमा सिसी क्यामेरा जडान सहितका कार्य गर्नेबारे छलफल थालिसकेको पनि बताए।

प्रकाशित: २१ चैत्र २०७८ ०५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App