१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

डडेल्धुरा–महेन्द्रनगरबाट दार्चुला जादैं गरेको महाकाली यातायातको म५ख १६८५ नम्बरको यात्रुबाहक बस गांखेत गाविस–८ नजिक दुर्घटना हुदाँ ९ जनाको मृत्यु भएको छ । सोमबार बेलुकी भएको दुर्घटनामा परी ३३ जना घाइते भएका छन । ७ जनाको घटनास्थलमा र २ जनाको उपचारको क्रममा गरी मृत्यु भएको हो । योसंगै मृत्यु हुनेको संख्या ९ पुगेको हो । मृतकमध्ये ७ जनाको पहिचाान खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा बैतडी श्रीकोटका १३ वर्षीय निरज जोशी, सोही गाविसका महादेव भट्ट, डडेल्धुरा परशुराम नगरपालीकाकी २० वर्षीया रेखा धामी, गांखेत गाविस डडेल्धुराका ६१ वर्षीय डम्वर कामी, अमरगढी नगरपालिका १ मालमका जगन्नाथ तमोली, अमरगढी नगरपालीका ३ की ३५ वर्षीया सरस्वती पल्ली, दार्चुला अपि नगरपालिकाकी ५५ वर्षीया परुली धामी रहेका छन । बाँकी २ जनाको सनाखत हुन सकेको छैन ।

उपचारका लागि कैलालीको पद्मा अस्पताल लगिएका मध्ये गम्भीर ११ जना लाई भारत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख योगेन्द्रबहादुर थापाले बताए । बस सडकबाट करिब एक सय मिटर तल खसेको छ । मिनी बस र बस क्रस हुने क्रममा दुर्घटना भएको प्रहरी जनाएको छ ।

प्रकाशित: ४ जेष्ठ २०७२ २३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App