१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

डडेल्धुरामा बस खस्दा ८ को मृत्यु, ४३ घाइते

डडेल्धुरा-भीमदत्त राजमार्गको गाङखेत–८ घण्टेश्वर मन्दिर नजिकै बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन्। घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर रहेको प्राथमिक उपचारमा खटिएका चिकित्सकले जनाए।

घटनास्थलमा चार महिला, तीन पुरुष र एक बालकको शव भेटिएको प्रहरीले जनायो ।  कञ्चनपुरको महेन्द्रनगरदेखि दार्चुला जाँदै गरेको महाकाली यातायातको बस विपरीत दिशाबाट आइरहेको मिनी टाटा ट्रकसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनायो । बस सडकदेखि दुई सय मिटर तल खसेको हो।


‘घटनास्थलमा ८ जनाको मृत्यु भएको छ, शव अन्यत्र पनि छरिएको हुनसक्ने भएकाले घटनास्थल वरपर खोजी भइरहेको छ,’ डडेल्धुरा प्रहरी प्रमुख योगेन्द्रबहादुर थापाले भने । घाइते सबैलाई कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले बतायो।

प्रकाशित: ४ जेष्ठ २०७२ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App