१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कर्मचारीले हेपेको गुनासो: नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय अगाडि उद्योगीको धर्ना र नाराबाजी

नेपाल राष्ट्रबैंक विराटनगर कार्यालय अगाडि धर्ना र नारावाजी गर्दै मोरङ व्यापार संघमा आबद्ध उद्योगी व्यवसायी। तस्बिर: चुमन बस्नेत/नगारिक

व्याजदर घटाउन माग गर्दै ज्ञापनपत्र बुझाउन गएका मोरङका उद्योगी व्यवसायीलाई नेपाल राष्ट्रबैंक विराटनगर शाखाका कर्मचारीले हेपेको उद्योगी व्यवसायीले गुनासो गरेका छन्। ज्ञापनपत्र बुझाउन गएका मोरङ व्यापार संघको टोलिलाई कार्यालय प्रवेशमै रोक लगाएर कर्मचारीहरूले हेपाहा व्यवहार गरेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए।

नेपाल राष्ट्रबैंक विराटनगर कार्यालयकी निर्देशक मिना पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै।  

संस्थागत निक्षपको व्याजदर घटाउन माग गर्दै ज्ञापनपत्र बुझाउन जाँदासमेत ज्ञापनपत्र बुझ्नुको साटो गेटबाटै प्रबेश नदिएर  उद्योगी व्यवसायी प्रति  कर्मचारीले  हेपाहा व्यवहार देखाएको रिजालले भनाई छ। उनले भने, ‘जाहेज माग राखेर गएका उद्योगी व्यवसायीको ज्ञापनपत्रसमेत बुझ्न नमान्नु, गेटबाटै भित्र छिर्न नदिएको घटनाले उद्योगी व्यवसायी प्रति कर्मचारीको दृष्टिकोण स्पष्ट पारेको छ।’ मोरङ व्यपार संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडाले नेपाल राष्ट्रबैंक शाखा कार्यालय विराटनगरका कर्मचारीले  ज्ञापनपत्र समेत बुझ्न नमान्नु विडम्बना भएको बताए। उनले ज्ञापनपत्र बुझन् नमानेपछि आफूहरूले गेटमै धर्ना दिएको बताए।

उद्योगी महेश जाजुले ज्ञापनपत्र बुझाउन गएको मोरङ व्यापार संघको टोलिलाई अवरोध गरेपछि उद्योगी व्यवसायीले गेटमा नारावाजी गर्दै धर्ना दिनुपरेको बताए। कर्मचारीहरूले उद्योगी व्यवसायीलाई हेप्ने प्रबृत्ती ज्ञापनपत्र बुझाउन जाँदासमेत देखाएको गुनासो गरे। उद्योगी व्यवसायीहरूले गेटमा नाराबाजी गर्दै धर्नामा बसेपछि नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयकी प्रमुख मिना पाण्डेले गेटमै आएर ज्ञापनपत्र बुझेकी थिइन्। ज्ञापनपत्र बुझ्दै उनले राष्ट्रबैंकको ढुकुटी भएकाले प्लेकार्डसहित कार्यालयभित्र प्रवेश गर्न नपाइने बताइन्।

उनले भनिन्, ‘राष्ट्रबैंकको विराटनगर स्थित कार्यालय ढुकुटी भएकाले प्लेकार्डहित भित्र प्रवेश गर्न पाइदैन, त्यहि भएर तपाईहरूलाई रोकेका हौं।’ केहि प्रतिनिधिहरू मात्रै ज्ञापनपत्र बुझाउन आउने भन्दा पनि किन प्रवेश नदिएको भन्ने उद्योगी व्यवसायीको प्रश्नमा भने उनले कुनै जवाफ दिइनन्। संस्थागत निक्षेपको व्याजदर ६ प्रतिशत कायम गर्नुपर्ने एक सुत्रिए मागअघि सार्दै मोरङ व्यापार संघमा आवद्ध उद्योगी व्यवसायी आन्दोलित भएका छन्। उनिहरूले हातमा कालोपट्टी बाँधेर विरोध र विभिन्न निकायमा ज्ञापनपत्र बुझाउँदै आएका छन्। सोमबार मोरङका सहायम प्रमुख जिल्ला अधिकारीलाई उद्योगी व्यवसायीले ज्ञापनपत्र बुझाएका थिए। 

प्रकाशित: १ चैत्र २०७८ ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App