५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बुलबुलेमा कर्णाली उत्सव

वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा शुक्रबारदेखि कर्णाली उत्सवको तेस्रो संस्करण सुरु भएको छ। कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले उत्सवको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राजबहादुर शाहीले उत्सवले विचार मन्थन हुने कर्णालीलाई देशभर चिनाउने सहयोगी हुने बताए। शुक्रबार उत्सव उद्घाटनपछि कर्णाली उत्सव तेस्रो संस्करणसम्म आइपुग्दासम्मको बारेमा संरक्षक केवलप्रसाद भण्डारीले प्रष्ट पारेका थिए।

आज उत्सवमा समावेश भएको विषयवस्तुहरुमा उत्सवको उत्साह, खस भाषको लहरो, कर्णाली भेरी सुसेल्दो छ, पैकलो, बजार विकास हजार निकास लगायत रहेका छन्। उत्सवले कर्णालीका समस्या र सम्भावनाका बारेमा चर्चा गर्ने थलोका रुपमा रहने आयोजकले बताएको छ।

तीन दिनसम्म बुलबुले उद्यानमा उत्सव सञ्चालन हुने आयोजक समितिका सदस्य राकेश पौडेलले बताए। उत्सव रिति फाउन्डेसन नामक संस्थाले आयोजना गरेको हो। उत्सव अवधिभर ११ सत्रका लागि ५० जना भन्दा बढी विज्ञ तथा जानकारहरु सहभागी हुनेछन्।

‘कुडा कर्नालीका’ ब्यानर बनाइएको उत्सवमा स्थानीय परिवेश बढी समावेश गरिएपनि विज्ञ तथा जानकार भनेर कर्णाली बाहिरबाट झिकाईएको भनेर आलोचना समेत बताएको छ। कम खर्चमा स्तरीय कार्यक्रम गर्न खोजेको उत्सवका कोअर्डिनेटर दिनेश गौतमले बताए। उत्सवमा ५० लाख खर्चमा सक्ने गरी आयोजकले तयारी गरेको छ। 

प्रकाशित: २७ फाल्गुन २०७८ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App