५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँपालिका अध्यक्षलाई द्वन्द्वपीडितको ज्ञापन पत्र

द्वन्द्व सकिएको लामो समय सम्म पनि उपेक्षामा परेको भन्दै होलेरीका द्वन्द्वपीडित महिलाहरुले स्थानीय सरकारको ध्यानाकर्षण गरेका छन्। एक कार्यक्रमकाबीच उनिहरुले रुन्टीगढी गाउँपालिका प्रमुख बालाराम बुढालाई मागसहितको ज्ञापन पत्र बुझाएका हुन्। 

नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा सन्चालित महिला शान्ती र सुरक्षा कार्यक्रम अन्तर्गत गठित होलेरी दहबन शान्ती समूहमा आबद्ध उनिहरुले द्वन्द्वपीडितको निशुल्क स्वास्थ्य बिमा, सन्तानको शिक्षा र बेपत्ता पारिएका परिवार व्यक्तिको मृत्यु दर्ताका लागि पहल गरिदिन स्थानीय सरकार प्रमुखलाई अनुरोध गरेका छन्।

ज्ञापन पत्र बुझ्दै गाउँपालिका प्रमुख बुढाले आफूले द्वन्द्वपीपडितका माग सम्बोधन गर्ने बताउँदै पीडित परिवारको निशुल्क स्वास्थ्य बिमा तुरुन्तै गरिदिने प्रतिबद्धता जनाएका छन्। उनले भने तपाईँहरुका समस्यामा छलफल गरि समाधानको बाटो खोज्ने छु। महिला शान्ती पहलकर्ता घनी बिकले संचालन गरेको उक्त कार्यक्रममा जेष्ठ महिला बिना केसीले ज्ञापन पत्र अध्यक्ष बुढालाई बुझाएकी थिईन्।

प्रकाशित: १३ फाल्गुन २०७८ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App