१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

अवैध सामानसहित सर्लाहीमा बेवारिसे ट्रक बरामद

भारतबाट भन्सार छली ल्याएको सामान सहित सर्लाहीमा बेवारिसे अवस्थामा एउटा ट्रक बरामद भएको छ। सशस्त्र प्रहरी बल सर्लाहीले किराना सामान सहित ट्रक बरामद गरी भन्सार चलान गरेको छ।

पूर्वपश्चिम राजमार्गको नवलपुरबाट जिल्ला सदरमुकाम मलंगवा जाने मूल सडकको कविलासी नगरपालिका ८ गैर बजारमा बेवारिसे अवस्थामा रोकिराखेको ट्रक सशस्त्र प्रहरी बलको गस्ती टोलीले बरामद गरी भन्सार बुझाएको हो।

कविलासीस्थित १० नम्बर गणबाट सप्रसनि राम केवल रायको कमान्डमा खटेको गस्ती टोलीले बा ३ ख ७३३६ नम्बरको ट्रकलाई चेकजाँच गर्दा भारतबाट भन्सार नतिरी ल्याएको किराना सामान बरामद गरेको छ।

ट्रकमा ४५ कार्टुन पानीका साथै १५ वटा खाली जारले छोपेर राखेको अवस्थामा १ लाख २१ हजार ७८० रुपैया बराबरको विभिन्न किराना सामान पनि बरामद भएको छ। बरामद भएको किराना सामानसहित ट्रकलाई आवश्यक कारबाहीको लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाले जानकारी दिएका छन्। सर्लाहीमा भन्सार चोरी र तस्करीको घटना फेरि बढेको गुनासो आउन थालेको छ।

प्रकाशित: ९ फाल्गुन २०७८ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App