३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लामा ६ हजार मतदाता थपिए

फाइल तस्बिर

जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार दुई सय ७१ जना नयाँ मतदाता थपिएका हुन्।

३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो।जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको निर्वाचन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजानिक गरिएको हो।

जसमा महिला तीन हजार ४० जना र पुरुष तीन हजार दुई सय ३१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख तथा निर्वाचन अधिकारी महेश शर्माले बताए। उनले भने– थपिएका सहित जुम्लामा मतदाता संख्या जम्मा ६९ हजार तीन सय ३५ पुगेको छ। जसमा महिला मतदाता ३३ हजार एक सय ३७ र पुरुष मतदाता ३६ हजार १ सय ९८ जना रहेका छन्।

प्रकाशित: ७ फाल्गुन २०७८ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App